रोजगार समन्वय मञ्च मोरङ जिल्ला अध्यक्षमा बिनय केसी सर्वसहमतिले चयन

<span class='c1'>रोजगार समन्वय मञ्च मोरङ जिल्ला</span> <span class='c2'>अध्यक्षमा बिनय केसी सर्वसहमतिले चयन</span>

विराटनगर श्रावन १५ ,
श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय मातहतका मोरङ जिल्लाको बिभिन्न पालिकाहरुमा कार्यरत रोजगार संयोजकहरुको छाता संगठनको रुपमा मञ्च गठन गरेको छ । जिल्लाको १७ वटा पालिकाहरुको रोजगार संयोजकहरु मध्येबाट जिल्ला अध्यक्षमा मोरङ जिल्ला धनपालथान गाउँपालिकाका रोजगार संयोजक श्बिनय केसी. सर्वसहमतिले जिल्ला अध्यक्ष चयन भएका छन् । त्यसैगरि मञ्चका सचिव उर्लाबारी नगरपालिकामा संयोजक तारा गुराँगाई रहेका छन भने कोषाध्यक्षमा बुढिगंगा गाउँपालिकाका संयोजक संगिता घिमिरे रहेका छन् ।

सदस्यहरुमा बिराटनगर महानगरपालिकाका दिनेश साह, पथरी शनिश्चरे नगरपालिकाका हिमाल राई, मिक्लाजुङ गाउँपालिकाका  क्षितिज चेम्जोङ, सुनबर्षि नगरपालिकाका  दुर्गाराज बन्जारा, सुन्दर हरैचा नगरपालिकाका  दिनेश घिमिरे र कटहरी गाउँपालिकाका  राम कुमार राजबंशी रहेका छन्। मञ्चले आजै सामाजिक बिकास मन्त्रालयमा सामाजिक बिकास मन्त्रि माननिय उशाकला राई ज्यूलाई श्रम तथा रोजगार सम्बन्धित बिभिन्न बिषयहरुको बारेमा बिज्ञप्ति समेत बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्