मोटरसाईकल दुर्घटनामा परी एक जनाको मृत्यु र एक जना घाईते

<span class='c1'>मोटरसाईकल दुर्घटनामा परी एक जनाको</span> <span class='c2'>मृत्यु र एक जना घाईते</span>

मोरङ । मोरङ बेलबारी नगरपालिका ९ तिनकुटिया स्थित सडकखण्डमा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु र एक जना घाईते भएका छन् । मृत्यु हुनेमा मोटरसाईकल चालक बेलबारी ९ का २८ बर्षीय उमेश चौधरी रहेका छन् । हिजो राती १० बजे दक्षिणबाट उत्तर जादै गरेको प्र–१–०२–०४३प ५७६८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकको साईडमा रहेको बिजुलीको पोलमा ठक्कर खाई दुर्घटना भएको थियो ।

दुर्घटनामा परि गम्भिर घाईते भएका चौधरीको न्युरो अस्पताल विराटनगरमा राती ११ बजे मृत्यु भएको थियो । मोटरसाईकल पछाडी सवार सोही स्थानका ३० बर्षीय श्रवण कुमार विश्वास समेत घाईते भई सोही अस्पतालमानै उपचार भईरहेको छ । मोटरसाईकल अस्थाई प्रहरी चौकी डाँगाबजारमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्