एघार वर्षपछि पक्राउ परे विराटनगरका एक व्यक्ति

एघार वर्षपछि पक्राउ परे विराटनगरका एक व्यक्ति

विराटनगर । जीउ मास्ने बेच्ने मुद्दामा ११ वर्ष २ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका विराटनगर–१७ का सन्जय यादवलाई मोरङ प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ ।

यादव विरुद्ध दुईवटा उस्तै प्रकारका मुद्दामा ११ वर्ष २ महिना १० दिन कैद र ५० हजार जरिवाना र अर्को त्यस्तै मुद्दामा उति नै अवधी कैद र १५ हजार जरिवाना आदेश भएको थियो । २०६६ साल असार १५ गते जिल्ला अदालत मोरङको आदेशपछि फरार रहेका यादवलाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्