चारदिन अघि विराटनगरमा भएको दुर्घटनाका घाइतेको पहिचान खुलेन, सम्पर्कमा छैनन् आफन्त

चारदिन अघि विराटनगरमा भएको दुर्घटनाका घाइतेको पहिचान खुलेन, सम्पर्कमा छैनन् आफन्त

विराटनगर । विराटनगरमा चार दिन अगाडी भएको सवारी दुर्घटनामा घाइते एक व्यक्तिको अझैसम्म पहिचान खुल्न सकेको छैन । गत साउन १४ गते विराटनगर–११ महेन्द्र चौकमा मोटरसाइकलको ठक्करबाट घाइतेको अझै पहिचान खुल्न नसकेको हो ।

उत्तरबाट दक्षिणतर्फ जाँदै गरेको को ८ प ५३३९ नम्बरको मोटरसाइकलले अन्दाजी ६० वर्षका जस्ता देखिने पुरुषलाई ठक्कर दिएको थियो । घाईतेको नोबेल अस्पताल विराटनगरमा उपचार भईरहेको भएपनि अहिलेसम्म आफन्त सम्पर्कमा नआएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

गहुँ गोरो वर्ण र सेतो कपाल भएका घाइतेले बैगुनी कलरमा सेतो धर्के सर्ट, पहेलो कलरको भेष्ट, निलो हाफ्पेन्ट लगाएका छन् । ५ फिट ४ इन्च उचाई भएका घाइते पुरुषका आफन्तलाई प्रहरीले सम्पर्कमा आउन आग्रह गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्