बिराटनगरमा अपांगता भएका ब्यक्तिहरुलाई लगाइयो कोरोना विरुद्धको खोप

बिराटनगरमा अपांगता भएका ब्यक्तिहरुलाई लगाइयो कोरोना विरुद्धको खोप

विराटनगर
आकृती रानी फुयल

आज बिराटनगर महानगर भित्र रहेका ३० जना बिभिन्न प्रकृतिका अपाङ्गता भएका व्यक्तिहरुलाई कोरोना बिरुद्धको खोप लगाइएको छ।
विराटनगर महानगरपालिकाले अपाङ्ग महासंघ प्रदेश १ कार्यालय विराटनगर ,सामर्थ्य समाज विराटनगर कोशी बहिरा संघ लगायतको संस्थाहरुमा आवद्ध व्यक्तिहरु जो स्वयम् खोप केन्द्र सम्म जान सक्दैनन् उनीहरुलाई लक्षित गरि यो खोप कार्यक्रम ल्याएको हो।
जनस्वास्थ्य महाशाखासंगको सहकार्यमा अपाङ्ग महासंघ विराटनगरको कार्यालयमा अमेरिकन खोप जोनसन एण्ड जोनसनको नामले चिनिएको "जेनसिन एडीटुसिक्स.सीओभीटु .एस " कम्पनीको खोप लगाएको महासंघकि अध्यक्ष पार्वता श्रेष्ठले जानकारी दिइन्। भोलीबाट सबै वडामा खोप लगाउने कुरा सुनेको थिएंँ तर लामो लाइन बसेर कसरी लाउने होला भन्ने चिन्ता लागिरहेको थियोे ।
महानगरले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग सहकार्य गरि हामिलाई सहज ढंगले खोप लाउने वातावरण मिलाइदिएकोमा धेरै खुशी लागेको छ। अरु खोप भएको भए दोश्रो डोज खोप कुर्नुपर्ने हुन्थ्यो तर यो एउटै मात्र लगाउँदा हुने रहेछ भन्दै सम्पुर्ण समन्वयकर्ताहरुलाई धन्यवाद दिइन् ।
खोपकै अनुभव साट्दै सामर्थ्य समाज विराटनगरकि उपाध्यक्ष कल्पना खड्का भन्छिन् ,` खोप लाउन पाइन्छ कि पाइदैन कि यसपालि पनि छुटिन्छ कि जस्तो लाग्या थियो तर जे होस सहज तरिकाले खोप लगाउन पायौं सम्पुर्ण सहयोगी संघसंस्थाहरुलाई धन्यवाद भन्न चाहन्छु´। हामिले त अग्रपंक्तिमा रहेर काम गर्नुपर्छ भनेर लगायौ तर यस्तै सहज तरिकाले सम्पुर्ण अपांगता भएका ब्यक्तिहरुले खोप लगाउन पाउनुपर्छ भन्ने हाम्रो चाहना अनि जिम्मेवार निकायको यस विषयतर्फ ध्यानाकर्षण होस भन्न चाहन्छु।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्