पिलोको शल्याक्रिया गरिएका बिरामीको मृत्युपछि आफन्तले गोल्डेन अस्पताल तोडफोड गरे, तोडफोड गर्ने सातजना प्रहरी नियन्त्रणमा

पिलोको शल्याक्रिया गरिएका बिरामीको मृत्युपछि आफन्तले गोल्डेन अस्पताल तोडफोड गरे, तोडफोड गर्ने सातजना प्रहरी नियन्त्रणमा

विराटनगर ।

उपचारको लागि भर्ना भएका एक जना विरामीको मृत्यु भएपछि विराटनगरस्थित गोल्डेन अस्पतालमा तोडफोड भएको छ । मोरङको धनपालथान गाउँपालिका–६ कदमाहाका ६७ वर्षीय अहमद हुसेनको पिलोको शल्याक्रिया गर्दा मृत्यु भएपछि आक्रोसित आफन्तले सोमबार राती अस्पताल तोडफोड गरेका हुन् । अस्पताल तोडफोड भएपछि मोरङ प्रहरीले सात जनालाई पक्राउ गरेको छ । तोडफोड र कुटपिटमा संलग्न भएका आरोपमा सात जनालाई सोमबार राती प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनपालथान–६ का ३४ वर्षीय मोहमद आजाद, ३३ वर्षीय मोहमद अख्तर, ३० वर्षीय मोहमद साजद, २३ वर्षीय मोहमद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहमद इरसाद र २० वर्षीय मोहमद सुवेर रहेको छन् । घटनाको विषयमा अनुसन्धाc भइरहेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो ।

मलद्धारमा रहेको पिलोको शल्यक्रिया गरिएका हुसेनको मृत्यु भएपछि आक्रोशित परिवारका सदस्य र आफन्त राति १०ः१५ बजेतिर तोडफोड गरेका थिए । सोमबार बिहान भर्ना गरिएका बिरामीको सामान्य शल्याक्रियाकै क्रममा मृत्यु भएको थियो । अस्पताल र चिकत्सकले लापरवाही पूर्ण तरिकाले शल्याक्रिया गर्दा यस्तो घटना भएको मृतकका आफन्तको भनाई छ ।

हुसेनको अस्पतालका सर्जन डा. सरोज राजवंशी नेतृत्वको चिकित्सक टोलीले सोमबार शल्यक्रिया गरेका थिए । शल्यक्रियापछि विरामीको अवस्था गम्भीर बनेको कारणले अस्पतालले उनलाई थप उपचारका लागि भेन्टिलेटरमा राखेको थियो । उनको भेन्टिलेटेरमै राति १० बजेतिर मृत्यु भएको हो ।
हुसेनको मृत्युपछि २५÷३० जनाको संख्यामा भेला भएका मृतकका आफन्त र परिवारका सदस्यले तोडफोड गर्दा अस्पतालको काउण्टरको दुईवटा झ्यालमा क्षति पुगेको अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले जानकारी दिनुभयो । तोडफोडबाट अस्पतालको काउण्टरको झ्यालका शिशा फुटेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्