स्थानियको अवरोधपछि २ दिनका लागी रोकियो विराटनगर ८ मा खोप कार्यक्रम

स्थानियको अवरोधपछि २ दिनका लागी रोकियो विराटनगर ८ मा खोप कार्यक्रम

विराटनगर । स्थानियवासीको अवरोधका कारण विराटनगर ८ नम्बर वडामा खोपको कार्यक्रम २ दिनका लागी स्थगित भएको छ ।
५० बर्षभन्दा तलको उमेर समुहलाई खोप लगाईदिएको भन्दै स्थानियले खोप हान्न अवरोध गरेपछि त्यहाँ खटिएका स्वास्थ्यकर्मीहरुले खोप लगाउने कार्यक्रम स्थगित गरेका हुन् ।

विराटनगर ८ स्थित सप्तकोशी स्कुलमा मगंलबार विहान १० बजेदेखी सुरु गरिएको ‘जोनसोन एण्ड जोनसोन’ खोप आफुहरु असुरक्षित भएको भन्दै स्वास्थ्यकर्मीहरुले खोप हान्ने कार्यक्रम रोकेका हुन् ।
८ नम्बर वडामा ३ सय वटा खोप आएको थियो जसमा ४५ वटा खोप हानिसकेपछी स्थानियले अवरोध गरेको खोपकेन्द्रकी स्वास्थ्यकर्मी अन्जु श्रेष्ठले जानकारी दिनुभयो । ‘हामीले अपाङगता भएका व्यक्तिहरुलाई लगाउदै थियौ,’ त्यही क्रममा स्थानियले अवरोध गरेको गरे– श्रेष्ठले भन्नुभयो, ‘उहाँहरुको उमेर ४८ र २८ बर्षको हुनुहुन्थ्यो ।’


नेपाल सरकारले नै अपाङगता भएका व्यक्तिहरुलाई जुनैसुकै केन्द्रबाट हान्न मिल्ने आदेश आएको थियो तर हामीेले ती नै अपाङगता भएका व्यक्तिहरुलाई खोप लगाउने क्रममा हामीलाई तथानाम गालीगलोज गर्दै कोठा भित्र थुनियो । जसले गर्दा हामीलाई काम गर्ने वातावरण मिलेन जवसम्म हाम्रो शान्तिसुरक्षाको ग्यारेन्टी हुदैन हामी काम गर्ने अवस्थामा छैनौ ।


यता सोही वडाका वडा अध्यक्ष निस्चल अर्यालले हामीले नेपाल सरकारको मापदण्ड भन्दा बाहिर गएर लगाएका छैनौ. । ‘मैले स्पष्ट भनेको पनि थिए, हाम्रो वडाको कुनैपनि जनप्रतिनिधीले सोर्सफोर्स लगाएर आए त्यस्तो अवस्थमा खोप नहान्नु भनेर, ‘तर स्वास्थ्यकर्मीलाई जुन काम गर्न अवरोध गरिएको छ त्यो निन्दनिय छ । ‘हाम्रा स्वास्थ्यकर्मीलाई जब सम्म काम गर्ने बाताबरण हुन्न तब सम्म हामी खोप लगाउदैनौँ ।’
स्थानियको अवरोधपछि ३५० वटा आएको खोप मध्ये ३०० वटा खोप फिर्ता भएको छ । जसमध्ये ५ वटा स्थानियको अवारोधका कारण विग्रीएको छ भने ४५ वटा खोप लगाएको त्यहाँ खटिएका स्वाथ्यकर्मीले बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्