बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ

<span class='c1'>बैंकिङ कसूर मुद्दाका</span> <span class='c2'>फरार प्रतिवादी पक्राउ</span>

काठमाडौँ

प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइवी) ले बैंकिङ कसूर मुद्दाका एक फरार प्रतिवादीलाई आज पक्राउ गरेको छ ।फैसला कार्यान्वयन तथा फरार प्रतिवादीको खोजतलासका लागि परिचालित टोलीले बैंकिङ कसूर (चेक बाउन्स) मुद्दामा ललितपुरस्थित पाटन उच्च अदालतबाट कसूरदार ठहर भई फरार रहेका काठमाडौँ बूढानीलकण्ठ निवासी ठाकुरप्रताप थापालाई पक्राउ गरेको ब्यूरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिनुभयो ।

उनलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा हाजिर गराइएको गरिएको छ । आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभए पनि अभियुक्तले जानाजान पीडितलाई झुक्याएर बैंकको चेक दिएकाले बैंकिङ कसूरजन्य अपराध गरेको ठहर गरिएकोे थियो । सो मुद्दामा उच्च अदालतले रु ३९ लाख ९६ हजार ४०० जरिवाना तोकेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्