चिकित्सकलाई नबिलको ‘सुलभ कर्जा अफर’

चिकित्सकलाई नबिलको ‘सुलभ कर्जा अफर’

विराटनगर । नेपाल चिकित्सक संघमा आवद्ध चिकित्सकहरुका लागि नबिल बैंक लिमिटेडले सुलभ ब्याजदरमा कर्जा प्रदान गर्ने भएको छ । महामारीमा फ्रन्टलाईनमा रहेर सेवा प्रदान गर्ने चिकित्सकहरुलाई नबिलले अत्यन्तै सुलभ ब्याजदरमा कर्जा प्रवाह गर्ने भएको हो ।

बैंकले घर कर्जा, सवारी कर्जा, व्यवसाय कर्जामा सुलभ व्याजदर साथै क्रेडिट कार्ड र डलर कार्डमा समेतको विशेष अफर व्यवस्था गरेको हो । बैंक र संघबीचकोे छलफल पश्चात उक्त अफर सहितको प्रस्तावना नबिल बैंक विराटनगरले नेपाल चिकित्सक संघ, कोशी अञ्चल शाखाका अध्यक्ष डा। फरवार्ड सिलवाल लाई हस्तान्तरण गरेको छ ।

नबिलको सुलभ व्याजदरमा प्रदान हुने कर्जाले चिकित्सकहरु लाई सहजता प्रदान गर्ने विश्वास संघका अध्यक्ष डा। फरवार्ड सिलवालले बताउनुभयो । उक्त सम्झौता पत्रमा नेपाल चिकित्सक संघ, कोशी अञ्चल शाखाका अध्यक्ष डा। सिलवाल र नबिल बैंक प्रदेश एकका प्रदेश प्रमुख सुबोध लोहनीले हस्ताक्षर गर्नुभएको छ । हस्ताक्षर गर्दै प्रमुख लोहनीले उक्त अफरमार्फत कर्जाका लागि आवेदन दिने चिकित्सकहरुको सम्पूर्ण कागजात पेश भए पश्चात ३ दिन भित्र कर्जा स्विकृत गरिने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्