थारु भाषाका गीतकार विश्वासको तेश्रो गित ‘ देख हमर दिल चिरिके ‘ शनिवार सार्वजनिक हुँदै

थारु भाषाका गीतकार विश्वासको तेश्रो गित ‘ देख हमर दिल चिरिके ‘ शनिवार  सार्वजनिक हुँदै

विराटनगर

आकृति रानि फुयल

विराट आदर्श साहित्य मञ्चका सदस्य समेत रहेका दुहबि ७ सुनसरी भलुवा निवासि थारु भाषाका गीतकार एवं पत्रकार चन्द्रमोहन विश्वासको तेश्रो गित ' देख हमर दिल चिरिके ' यहि शनिवार मेगा डिजिटल रेकरडिङ्ग स्टुडियो नामक युट्युब च्यानल मार्फत सार्वजनिक हुँदैछ।

उनको पहिलो गित वादा करल्यै छल ,त्यसैगरी तोर सिके याद यवु सार्वजनिक भैसकेका छन् जसमा स्वर मोरंग्या थरुनी सुमधुर स्वरकि धनि गीता चौधरीको रहेको छ भने शनिवार सार्वजनिक हुने गीतमा गीतालाई प्रकाश माझिले साथ दिएका छन्।
https://www.youtube.com/watch?v=ymXtH0NOJFY

त्यसैगरी सो गीतमा अभिनय भने बिनोद चौधरी र अन्दिशा चौधरीको रहेको छ। उक्त गीतको ट्रेलर भने मेगा डिजिटल रेकरडिङ्ग स्टुडियो नामक युट्युब च्यानल मार्फत सार्वजनिक भैसकेको तर गित भने शनिवार मात्र सार्वजनिक गरिने उनले बताए । विश्वासका केहि गित रिलिज भैसकेका छन् भने केहि गीतको शुटिंग जारि रहेको र केहि रिलिजको प्रक्रियामा रहेकोे उनलेे जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्