मोरङको कटहरीमा मृत अवस्थामा भेटियो पुरुषको शव

मोरङको कटहरीमा मृत अवस्थामा भेटियो पुरुषको शव

विराटनगर । मोरङको कटहरी गाउँपालिका–४ एससीसी इँट्टा उद्योग अगाडि एक जना पुरूषको मृत अवस्थामा शव भेटिएको छ । कटहरी–४ का ५५ वर्षीय रजन ऋषिदेवको मृत अवस्थामा मंगलबार दिउँसो शव भेटिएको हो ।
करिब १२ बजेको समयमा स्थानियले ऋषिदवेको शव मृत अवस्थमा फेला परेको देखेपछि प्रहरीलाई खबर गरेका थिए । घटनास्थलमा मोरङ प्रहरीको मुद्दा फाटका प्रहरी निरीक्षक मिलन थापाको नेतृत्वको टोली पुगेर घटना मुचुल्का उठाएर शव पोस्टामको लागि विराटनगरस्थित कोशी अस्पताल ल्याएको छ । घटनाको विषयमा थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठले जानकारी दिए ।

मृतक ऋषिदेवको शरिरमा चोट पटक पनि लागेको छ । शरीरमा चोटपटक लागेको कारणले स्थानियले दुर्घटनामा परी ऋषिदेवको मृत्यु भएको आशंका गरिएको छ । शव भेटिएको स्थान विराटनगर–रंगेली हुलाकी खडक खण्डदेखि करिब दुई सय मिटर उत्तरमा पर्दछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्