आचार्य बालकृष्णको जन्मोत्सव जडीबुटीका बिरुवा रोपेर मनाइँदै

आचार्य बालकृष्णको जन्मोत्सव  जडीबुटीका बिरुवा रोपेर मनाइँदै

काठमाडौँ

जडीबुटीको अध्ययन र अनुसन्धानमा लाग्नुभएका आचार्य बालकृष्णको जन्मोत्सव आज सातै प्रदेशमा विभिन्न जडीबुटीका बिरुवा रोपेर मनाइँदै छ । स्याङ्जा जिल्लामा जन्मनुभएका उहाँले भारतमा योग एवं आयुर्वेदको प्रचारप्रसारमा योगदान पुर्याउनुभएका योग गुरु रामदेवसँग सहकार्य गरी जडीबुटीका औषधि बनाउन सहयोग गर्दै आउनुभएको छ । नेपालका सबैजसो जिल्लामा खुलेका पतञ्जलि योग समिति मार्फत योग र आयुर्वेदको प्रचारप्रसारमा पनि आचार्य बालकृष्णको योगदान छ ।

यस अवसरमा पतञ्जलि समितिले देशभर विभिन्न कार्यक्रम आयोजना गर्ने भएको छ । आजका दिनलाई जडीबुटी दिवसका रुपमा मनाउनाका साथै सात प्रदेशका ३५ जिल्लामा गुर्जो, पत्थरचट्टा, बाह्रमासे फूल, पारिजात, लेमनग्रास, तुलसी लगायत जडीबुटी रोपण गरिने अभियानकर्मी कमलबहादुर राजलवटले जानकारी दिनुभयो ।

सो अवसरमा गुर्जोको चिया र यसबाट बनेको धुलो औषधि पनि निःशुल्क वितरण गरिने जनाइएको छ । बुधबार एक हजार पाँच सय यस्ता जडीबुटी जन्य बिरुका रोप्नका लागि पठाइएको उहाँले बताउनुभयो । यसैगरी समितिले पनि अरू थप जडीबुटीका बिरुवा रोप्ने भएको छ । प्रत्येक वर्ष अगष्ट ४का दिन आचार्य बालकृष्णले जन्मोत्सव मनाउने गर्नुभएको जनाइएको छ । यस वर्ष आजका दिन कामिनी एकादशी व्रत पनि परेकाले विशेष रुपमा तुलसी रोपणलाई प्राथमिकता दिइएको गुर्जो अभियानकर्मी राजलवटले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्