बसको ठक्करबाट मोटरसाईकल यात्री एक जनाको मृत्यु र एक जना घाईते

<span class='c1'>बसको ठक्करबाट मोटरसाईकल यात्री एक जनाको</span> <span class='c2'>मृत्यु र एक जना घाईते</span>

धरान । सुनसरी धरान उपमहानगरपालिका ८ तिनकुने जंगल स्थित कोशी राजमार्गमा भएको सवारी दुर्घटनाबाट मोटरसाईकल पछाडी सवार यात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा ईटहरी उपमहानगरपालिका १७ पकली बस्ने ४० बर्षीया मिरा देवी साह रहेकी छन् ।

आज बिहान साढे ९ बजे धरानबाट ईटहरी तर्फ आउदै गरेको को १ त ९१४३ नम्बरको ट्याक्टरलाई पछाडीबाट आईरहेको को१ख ५४३० नम्बरको बसले पछाडीबाट ठक्कर दिई बिपरित दिशाबाट जादै गरेको प्रदेश १–०२–०४०प ६४०५ नम्बरको मोटरसाईकल समेतलाई ठक्कर दिएको थियो । सो दुर्घटनाबाट मोटरसाईकल चालक मृतककै छोरा २५ बर्षीय बिमल साह समेत २ जना घाईते भई घोपा धरानमा उपचारको क्रममा दिउसो ११ बजे मिरा देवी साहको मृत्यु भएको थियो ।

बिमलको सोही अस्पतालमानै उपचार भईरहेको छ । दुर्घटनामा सम्लग्न तिनवटै सावारी साधन र बस चालक धरान १५ का ४२ बर्षीय प्रभु खड्का ईलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्