प्रदेश १ मा एक सातामा ८५ जनाको कोरोना संक्रमणबाट मृत्यु

<span class='c1'>प्रदेश १ मा एक सातामा</span> <span class='c2'>८५ जनाको कोरोना संक्रमणबाट मृत्यु</span>

विराटनगर । पछिल्लो एक साताको अवधीमा प्रदेश १ मा ८५ जनाको कोरोना संक्रमणले मृत्यु भएको छ । जसमा ३९ महिला र ४६ पुरुष कोरोना संक्रमणका कारणबाट ज्यान गुमाउनेमा छन् । प्रदेशमा संक्रमितको संख्यामा निरन्तर बृद्धि भएस“गै मृत्युको संख्या समेत बढ्दै गएको हो ।

प्रदेश १ मा पछिल्लो २४ घण्टामा ९२२ जनामा कोरोना संक्रमण भएको छ । जसमा १२ जनाको मृत्यु भएको छ । सोमबार ७७३ जनामा संक्रमण पुष्टि हु“दा ११ जना संक्रमितको मृत्यु भएको सामाजिक मन्त्रालयले जनाएको छ । आइतबार ७२५ जनामा संक्रमण हु“दा १७, शनिबार ८०४ जनामा संक्रमित थपि“दा ६, शुक्रबार १ हजार १४४ जना संक्रमित थपि“दा १०, बिहीबार १ हजार १०४ जनामा संक्रमण हु“दा ६, बुधबार १ हजार १८० संक्रमित थपि“दा १४ र मंगलबार १ हजार २७० संक्रमित थपि“दा ९ जना संक्रमितको मृत्यु भएको थियो ।

प्रदेशमा हालसम्ममा कोरोना संक्रमणले ५१५ महिला र १ हजार ९८ पुरुष गरी कूल १ हजार ६१३ जना संक्रमितको मृत्यु भइसकेको छ । जसमा प्रदेश १ का १ हजार ४६५ र प्रदेश बाहिरका १४८ जना रहेका छन् । कोशी अस्पतालका डा. रोशन खड्काले अहिलेको कोरोनाको भेरियन्ट कडा भएकाले सामान्य अवस्थाका र युवाहरुको समेत मृत्यु भइरहेको बताए । उनले कोरोना नेगेटिभ आइसक्दा पनि अक्सिजन लेभेल घट्ने जस्ता समस्या आउने गरेको बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्