मेयर पराजुलीका कमजोरी औल्याउँदै एमाले महानगरले गरायो ध्यानाकर्षण

मेयर पराजुलीका कमजोरी औल्याउँदै एमाले महानगरले गरायो ध्यानाकर्षण

विराटनगर । विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीका कमजोरी औल्याउँदै नेकपा एमाले महानगर कमिटिले ध्यानाकर्षण गराएको छ । सत्तापक्षबाट क्रमशः प्रतिपक्षी बन्दै जाँदा नेकपा एमाले महानगर कमिटिले स्थानीय सरकारका प्रमुखका कमिकमजोरी औल्याउँदै ध्यानाकर्षण गराएको हो ।

मेयर पराजुली पछिल्लो पटक खोप काण्डमा मुछिएपछि त्यसले सर्वत्र आलोचनाको पात्रको बनेका बेला एमाले महानगर समितिले विभेदको राजनीतिमा लागेको आरोप लगाएको छ । सुशासन कायम गर्न नसकेको, विकास निर्माणमा लय समात्न नसकेको, भएका परियोजनाको काम पनि गुणस्तरीय नभएको लगायतका आरोपका ५२ बुँदासहित मेयर पराजुलीको ध्यानाकर्षण गराएको छ ।

एमाले विराटनगरका अध्यक्ष सागर थापासहितको टोलीले बुधबार महानगरपालिकाका मा पुगेर सुधार गर्नुपर्ने सुझावसहित आफ्ना आरोप दर्ज गरिएको हो । मेयर पराजुलीलाई युवा नेतृत्वले पाँच वर्षमा विराटनगरलाई कुनै राम्रो योजना दिन नसकेको आरोप लगाइएको छ । महानगरले आफ्नै कुनैपनि परियोजना बढाउन नसकेको भन्दै भिजन दिन नसक्दा नगरको अवस्था यथास्थितिमै रहेको दावी गरिएको छ । जनप्रतिनिधिको रुपमा मेयर पराजुलीले निर्वाचित भएर आउनु भन्दा अगाडी नै सम्झौता भएका योजना बाहेक अन्य कुनैपनि योजना अहिलेसम्म महानगरले नपाएकोमा प्रतिपक्षी दल एमालेले आश्चर्य व्यक्त गरेको छ ।

महानगरको नेतृत्वमा रहेर चार वर्षको कार्यकाल पुरा गरिसक्दापनि विराटनगरका सामुदायिक शिक्षालयहरुको दुराअवस्था रहनु, विद्यालयहरु दलगत राजनीति गर्ने अखडाकै रुपमा स्थापित हुनु, नमूना विद्यालयहरुको संख्या थपिएको भनेर झुटको सहारा लिइनुले कमजोरी ढाकछोपको प्रयास भएको पनि एमालेले आरोप लगाएको छ ।
स्वास्थ्यको क्षेत्रमा पनि उल्लेख्य काम गर्न नसकेको भन्दै एमालेले खोप पाउन कांग्रेसकै कार्यकर्ता हुनुपर्ने गलत मान्यता स्थापित गर्न खोजेर महानगर प्रमुखले चरम बेथितिलाई स्थापित गर्न खोजेको भन्दै आपत्ती समेत जनाइएको छ । कोभिडको महामारीमा जनतालाई न्यूनतम सेवा प्रवाह नगरी कार्यकर्ताको घरघरमा मात्र अक्सिन र खोप पु¥याउने कार्य निन्दनीय रहेको भन्दै रोष प्रकट गरिएको छ ।

कार्यकालको प्रारम्भमै ठूला करदातालाई करछुट र साना तथा मध्यम करदातालाई करको दर वृद्धि गरी आहात दिने काम गरियो । करको दरमा जोड दिने तर दायरामा ध्यान नदिदा महानगरको आम्दानी बढ्न सकेको छैन । महानगरपालिकाले पछिल्लो तीन वर्षदेखि आन्तरिक आम्दानी अनुमानको तुलनामा ४० प्रतिशतपनि प्राप्त गर्न नसक्नु त्यसको उदाहरण हो भनिएको छ । कर्मचारीको संख्या अधिक बनाइदा उनीहरुलाई नियमित पारिश्रमिक दिन नसक्ने अवस्थामा महानगरपालिका पुगेको छ ।

पूर्वाधार विकासतर्फ पनि महानगरको वर्तमान नेतृत्व आउनु अगाडि नै एशियाली विकास बैंक लगायतका दातृ निकायहरुसँग सम्झौता भई ढल तथा डुबानको समस्या समाधानका लागि योजनाहरु सञ्चालनमा रहेका बाहेक अन्य काम नगरेको आरोप लगाउँदै एमाले अध्यक्ष थापाले महानगरपालिकाले नीतिगत रुपमा, पूर्वाधारको क्षेत्र र सुशासनको क्षेत्रमा महागरले गर्दै आएको कमजोरी सुधार गर्नुपर्ने माग पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्