जीवन बिकास डेरीद्वारा आइस्क्रिम उत्पादन सुरु

जीवन बिकास डेरीद्वारा आइस्क्रिम उत्पादन सुरु

विराटनगर

जीवन विकास डेरी प्रोडक्ट्स प्रा.लि. ले आईसक्रिमको उत्पादनको बजारीकरणा गर्न शूरु गरेको छ । ८ वर्ष अघि स्थापना भएको विराटनगर पोखरिया स्थित यस डेरीले गत आर्थिक वर्ष २०७७/७८ मा ६५ प्रतिशतले बिक्रिवितरणमा वृद्धि गरेको जीवन विकास डेरीका अध्यक्ष एवम् कार्यकारी निर्देशक ओम भण्डारीले जानकारी दिएका छन् ।

विगत ८ वर्ष अघि देखि संचालनमा आएको प्रदेश नम्बर एक कै उत्कृष्ट डेरीको रुपमा स्थापित यस डेरीले यस अघि बाट नै विभिन्न दूग्धजन्य डेरी पदार्थहरुको उत्पादन गरी बजारमा विक्री वितरणा गर्दै आईरहेको छ । अब शूरुका चरणामा आईसक्रिमलाई आफ्ना पुराना विक्रेताहरु मार्फत नै आम उपभोक्ता माझमा पूर्याउने लक्ष्य लिएको उनले बताए ।

यसै गरी प्रदेश नम्बर १ का झापा, मोरङ, सूनसरी, उदयपूर, धनकूटा र इलाम जिल्लामा जीवन विकासको आईकक्रिमको व्यापार व्यापक रुपमा लग्ने डेरीको उद्देश्य रहेको छ । उपभोक्ताहरुको माग अनूसार हालको कोभिड १९ को संक्रमणका कारणले गर्दा हून सक्ने असहज परिस्थितीलाई मध्यनजर गर्दै स्वास्थ्य मापढण्डका उपायहरु अवलम्बन गरी विभिन्न विक्रेताहरु, डेरी पार्लर, होटल, रेष्टूरेण्ट, केक पार्लरहरुमा आईसक्रिम पूर्याउने कार्यकारी निर्देशक भण्डारीले बताए।

हामीले डेरी क्षेत्रमा विगत ८ वर्ष कार्य गरेको कारणले आईसक्रिम बनाउंदा प्रयोग गरिने मूख्य कच्चा पदार्थ डेरीमा नै उपलब्ध हूने भएकोले प्रिमियम गूणस्तरका आईसक्रिम सहजरुपले उत्पादन गर्न सकिएको भण्डारीले जानकारी दिए । उनले भने 'आईसक्रिममा आफ्नै उत्पादित शूद्ध क्रिम, दुध प्रयोग गर्छौ त्यसैले हाम्रा आईसक्रिम गूणस्तरीय हुनेछ।'

साथै डेरीले विगत लामो समय देखि डेरी क्षेत्रमा अनूभव भएका फूडटेक्नोलोजिष्ट, माईक्रोबायोलोजिष्ट, प्राविधिक र व्यवस्थापनको उच्च तहमा रहेका व्यवस्थापन टिमको मद्दतले गूणस्तरीय आईसक्रिम उत्पादन गरी व्यवस्थापन र वजारीकरणा गर्न आफुहरुलाई समस्या नहुने भण्डारीको दाबी छ ।

आगामी दिनहरुमा आईसक्रिम बाहेक मिल्क कूकिज, बटर कूकिज, बर्थडे केक, लालमोहन, रसबरी, चिज, छूर्पी, क्याटबरी, फ्लेवर मिल्क लगायतका दुधबाट बन्ने पदार्थहरुको उत्पादन गर्ने योजना रहेको डेरीले जनाएको छ । चालु आर्थिक वर्षमा प्रदेश नम्बर १ को झापा, मोरंग र सूनसरी जिल्ला त्यस पश्चात अन्य जिल्लाहरुमा आईसक्रिमको बजारीकरण गर्ने र दोस्रो वर्ष देखि प्रदेश नम्बर २ लगायतका अन्य क्षेत्रहरुमा बजारीकरण गर्दै नेपाल भरी नै पूर्याउने योजना भण्डारीले सुनाए । जीवन विकास समुह अन्तर्गत संचालित यस डेरी उद्योग बाहेक यस समुहले ट्रेडिङ, लघूवित्त वित्तीय क्षेत्र, स्वास्थ्य, शिक्षा, कृषि लगायत सामाजिक क्षेत्रमा पनि कार्य गर्दै आईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्