प्रदेश १ का ५ प्रतिशत नागरिकले मात्रै पाए पूर्ण खोप

प्रदेश १ का ५ प्रतिशत नागरिकले मात्रै पाए पूर्ण खोप

विराटनगर । प्रदेश १ मा १ लाख ५२ हजार ५१६ जनाले कोभिड–१९ विरुद्ध पूर्ण डोज खोप लगाएका छन् । प्रदेश १ को १४ जिल्लाका नागरिकमध्ये ५२ हजार ८५५ जनाले कोभिसिल्ड र ६४ हजार १८५ जनाले भेरोसेल खोपको दुवै डोज लगाएका हुन् ।

स्थ्य निर्देशानालय धनकुटाका अनुसार ६ लाख १० हजार ८१९ जनाले खोपको पहिलो मात्रा लगाईसकेका छन् । जसमध्ये बुधबार बेलुकासम्मको तथ्यांक अनुसार ३ लाख ७ हजार १८० जना कोभिसिल्डको पहिलो मात्रा लगाउने रहेका छन् । प्रदेशमा ३ लाख ३ हजार ७११ ज्नाले भेरोसेल र ३५हजार ४७६ जनाले जानसेन खोपको पहिलो मात्रा लगाईसकेका हुन् । प्रदेशको जनसंख्याका आधारमा झण्डै ५ प्रतिशत नागरिक मात्रै पूर्ण खोपको पहुँचमा रहेको निर्देशानालयका प्रमुख ज्ञानबहादुर बस्नेतले बताउनुभयो ।

प्रदेश १ मा झापा जिल्लाका ६३ हजार ११६जनाले भेरोसेल खोपको पहिलो मात्रा लगाएका छन् । अन्य जिल्लाका तुलनामा सबैभन्दा बढी झापामा भेरोसेल खोपको लगाउनेको संख्या छ । सुनसरीमा ५२ हजार ८९३, मोरङमा ३१ ह्जार ११०, इलामा १६ हजार ५५९, खोटाङमा ११ हजार ९१४, धनकुटामा ११ हजार २७५, संखुवासभा १० हजार ९८७ र भोजपुरमा १० हजार ३५० जनाले भेरोसेलको पहिलो मात्रा लगाईसकेका छन् । सोलुखुम्बुमा ४ हजार ९३०, ताप्लेजुङमा ४ हजार ६२, तेह्रथुममा ४ हजार ९१६, पाँचगरमा ७ हजार ३९३, ओखलढुंगामा ८ हजार २७७ र उदयपुरमा ९ हजार ६२० जनाले भेरोसेलको पहिलो मात्रा लगाएको तथ्यांक छ ।

प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कोल्डचेन निरीक्षक चन्द्रकान्त ठाकुरका अनुसार हालसम्म एकलाख ७८ हजार २०० डोज जिल्लाहरुमा पठाइएको छ । त्यस बाहेक साउन ८ गते प्राप्त १६ हजार ९९६ भाइयल खोप पनि जिल्लाहरुमा गईसकेको छ । त्यस बाहेक ४ हजार ८०० सय भायल जानसेन खोप पनि जिल्लाहरुमा पठाइसकिएको छ । बाँकी खोप यहि हप्ताभित्र आउने गरि तयारी भईरहेको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्