केएमसीमा ‘रोबोर्टिक सर्जरी’, नेपालमा पहिलो प्रयोग

केएमसीमा ‘रोबोर्टिक सर्जरी’, नेपालमा पहिलो प्रयोग

विराटनगर । काठमाडौँ मेडिकल कलेज (केएमसी)ले नेपालमै पहिलो पटक रोबोर्टबाट शल्यक्रिया गर्ने भएको छ । अत्याधुनिक र भरपर्दो उपचारका लागि न्यूरोसम्बन्धी शल्यक्रियामा रोबोर्टको प्रयोग गरिने भएको हो ।

रोबोर्ट मेसिनबाट रोबोर्टिक सर्जरीको उपचार सुरु गर्न लागेको अस्पतालले बिहीबार पत्रकार सम्मेलन गरी जानकारी गराएको छ । पत्रकार सम्मेलन केएमसीका जेनरल म्यानेजर नारायण दाहालले सहजीकरण गर्नु भएको थियो । त्यस अवसरमा विशेषज्ञ चिकित्सक तथा अस्पताल प्रशासनले जानकारी गराएका थिए ।

न्युरो सर्जरीमा एस ८ स्टिल्थ सिस्टम विथ गाइड, एनआईएमएस एक्लिप्स भर्सन ४ अल्ट्रा अपरेटिभ‚ नेभिगेटेड ड्रिल एन्ड एमआईएसएस सिस्टमजस्ता अत्यधुनिक उपकरणहरू खरिद गरी जडानसमेत गरिसकिएको जनाइएको छ । उपकरणहरूसहित एड्भान्स, न्यूरोसाइन्स सेन्टरका निर्देशक तथा वरिष्ठ न्यूरो सर्जन डा. अमित थापाको अगुवाईमा न्यूरो सर्जरी प्रक्रिया शुरु भएको अस्पतालले जनाएको छ ।

उक्त रोबर्टिक सर्जरीमा चिकित्सकले बनाएको अप्रेसन योजनामा रोबोर्टले सहयोग गर्नेछ । सूक्ष्म एवं जटिल शल्यक्रियामा रोबोर्टको सहायता लिँदा शल्यक्रियामा सहज हुने बताइन्छ । हालसम्म नेपालको कुनै पनि पनि अस्पतालमा रोबोर्टिक सर्जरी शुरु नभएको र यो सर्जरी पहिलो पटक केएमसीले शुरु गर्न लागेको पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्