भेडेटारमा आन्तरिक पर्यटक बढ्न थाले

भेडेटारमा आन्तरिक पर्यटक बढ्न थाले

विराटनगर। प्रदेश नं. १ का पर्यटकीय गन्तव्यमध्ये भेडेटारमा आन्तरिक पर्यटकको चहलपहल पुनः बढ्न थालेको छ । कोरोना महामारीका कारण लामो समयसम्म सुनसान बनेको प्रदेशका गन्तव्यहरुमध्ये भेडटार चल्मलाउन थालेको हो ।

पर्यटन प्रवद्र्धन र विकासका लागि प्रदेश नंं १ मा पहिचान गरिएका २८ गन्तव्यमध्ये अधिकांश गन्तव्यहरुमा पछिल्लो महिना दिनयता पर्यटकहरुको चहलपहल बढ्न थालेको पर्यटन व्यावसायीहरुले बताएका छन् । बाह्रैमास चिसो हुने धनकुटाको भेडेटार र नाम्जेमा पछिल्लो समय पर्यटकहरुको उपस्थिति बाक्लिँदै गएको धनकुटाको साँगुरीगढी–६ नाम्जेकी होटल व्यावसायी कर्णकुमारी श्रेष्ठले बताउनुभयो ।
बिशेषगरि तराईको उखरमाउलो गर्मी छल्न तथा क्षण भरमै परिवर्तन हुने मौसमको आनन्द लिन धनकुटाको भेडेटार, नाम्जे, थुम्की र नमस्ते झर्ना लगायतका गन्तव्यहरु पर्यटकको रोजाईमा पर्ने गरेका छन् । हाल हरेक हप्ताको शुक्रबार र शनिबार यहाँका गन्तव्यमा मोरङ, सुनसरी र झापाका पर्यटकहरुको बाक्लो उपस्थिति हुने गरेको छ ।

यस क्षेत्रमा सञ्चालित सानाठुला गरि करिब डेढसय बढी होटल तथा लजहरु समेत भरिने गरेका छन् । यद्यपि यहाँको चिसो मौसम र लोभलाग्दो दृश्यका कारण भेडेटार र नाम्जे उत्कृष्ट पर्यटकीय गन्तव्यहरु पर्ने त्यहाँ पुगेका आन्तरिक पर्यटकहरु बताउछन् ।
कोरोना महामारीका संकटग्रस्त पर्यटन क्षेत्रलाई उकास्न पर्यटन व्यावसायी तथा हवाई सेवा प्रदायक कम्पनीहरुले पनि सस्तो र गुणस्तरीय पर्यटन प्याकेजहरु ल्याएर आन्तरिक पर्यटन प्रर्वद्धनको प्रयास गरिरहेका छन् । यता कोरोना माहामारीबाट थलिएका सो क्षेत्रका व्यावसायहरु पनि निकै फस्टाउन थालेका छन् ।

सामान्य अवस्थाको तुलनामा गन्तव्यहरुमा पर्यटकहरुको चाप र भीडभाड पहिलै झै बढ्न थालेको छ ।
तराईमा अहिले प्रचण्ड गर्मीका कारण भेडेटार तल रहेको नमस्ते झर्ना पनि पर्यटकहरुको पहिलो रोजाई बन्न पुगेको छ । विशेष गरी विराटनगर, ईटहरी, धरान लगायतका ठाँउहरुबाट आन्तरिक पर्यटकहरु सो ठाँउमा जाने र झर्नाको आनन्द लिने गरेका छन् । खास गरी तराईको गर्मी छल्न पनि झर्नामा नुहाउन अनि सेल्फी र टिकटक बनाउन आन्तरिक पर्यटकहरुको रोजाई बन्दै गएको छ ।
कोरोना माहामारीको कारण थलिएको पर्यटन तथा होटल व्यावसायहरुलाई केही हद सम्म राहत मिल्न थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्