धर्मुस–सुन्तली फाउण्डेशनलाई प्रेम सञ्जेलद्वारा एकलाख सहयोग

धर्मुस–सुन्तली फाउण्डेशनलाई प्रेम सञ्जेलद्वारा एकलाख सहयोग

विराटनगर । सरकारी सेवाबाट अवकाश पाउनु भएका उपसचिव प्रेम सञ्जेलले चितवनमा निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि एक लाख रुपैयाँ सहयोग गर्नु भएको छ। भ्रष्टाचार विरोधी कर्मचारीका रुपमा परिचित सञ्जेलले सेवा निवृत्त भएपछि धुर्मुस–सुन्तली फाउण्डेशनलाई सहयोग गर्नु भएको हो ।

करिब ४० वर्ष सरकारी सेवा कार्यरत रहि अवकास लिनु भएका उहाँले (प्रेमप्रसाद सञ्जेल र डा. विनिता सञ्जेल फाउण्डेशन) विराटनगरको तर्फबाट क्रिकेट रंगशाला बनाउन एक लाख एक रुपैयाँ सहयोग हस्तान्तरण गर्नु भएको छ ।

पूर्व वरिष्ठ श्रम अधिकृत सञ्जेलले उक्त सहयोग गरेपछि धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेले प्रशंसा गर्नु भएको छ । कोरोना संक्रमणको संकट बढेपछि उक्त रंगशाला निर्माण पूरा गर्न फाउन्डेसनलाई चुनौती बढेको छ। तर संकटबीच पनि सहयोग जुटिरहेको उनले बताएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्