रोकी राखेको टेम्पोमाथि रुख ढल्दा एकजनाको मृत्यु, तिन जना घाईते

<span class='c1'>रोकी राखेको टेम्पोमाथि रुख ढल्दा</span> <span class='c2'>एकजनाको मृत्यु, तिन जना घाईते</span>

उदयपुर । उदयपुर उदयपुरगढी गाउँपालिका ७ अँधेरी स्थितमा रोकी राखेको टेम्पोमा सखुवाको रुख ढलेर किच्दा टेम्पुमा बसेकी एक जना महिलाको घटनास्थलमानै मृत्यु भएको छ भने तिन जना घाईते भएका छन् । मृत्यु हुनेमा कटारी नगरपालिका ४ कि ३८ बर्षीय निशा दनुवार रहेकी छन् ।

आफ्नै श्रीमान् श्याम दनुवारसंग मोटरसाईकल चढी अधेरी झरना घुम्न गएकी थिईन् । सोही क्रममा उनि त्यही ठाँउमा रोकी राखेको प्र२–०१–००१ह०५६० नम्बरको टेम्पोमा गएर बसेकी बेला रुख ढलेर टेम्पुलाई किच्दा उनको घटनास्थलमानै मृत्यु भएको थियो । उक्त रखले टेम्पु नजिकै रहेका कटारी ४ की २७ बर्षीय मिना दनुवार, कटारी ५ का टेम्पु चालक ४८ बर्षीय कुमार तामाङ र मृतककै श्रीमान समेत घाईते भएका थिए । घाईते मध्ये मिना र कुमारको नोवेल अस्पताल विराटनगरमा उपचार भईरहेको छ भने मृतकको श्रीमान् श्यामको स्थानिय मेडिकलमानै उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्