भीरबाट लडेर एक जनाको मृत्यु

<span class='c1'>भीरबाट लडेर एक</span> <span class='c2'>जनाको मृत्यु</span>

संखुवासभा। संखुवासभा मकालु गाउँपालिका ३ स्थित नयाँ बस्ती भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भोजपुर नगरपालीका २ घर भई हाल सोही स्थानमा निर्माणाधिन अरुण तेस्रो जलबिद्युत आयोजनाको रोयल हाईड्रो कम्पनीमा काम गर्ने मजदुर ५२ बर्षीय खड्ग बहादुर गुरुङ रहेका छन् ।

शनिबार हेदाङना बजार गई बेलुका फर्केने क्रममा बाटोमा रहेको भिरबाट अचानक लडी अन्दाजी ६०–७० मिटर तल झरी मृत अबस्थामा गुरुङको सव आज बिहान ११ बजे फेला परेको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय संखुवासभाले थप अनुसन्धान गरिरहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्