समाजसेवामा सधैँ अगाडी लायन्स क्लब अफ काठमांडू इनर्जेटिक युथ

समाजसेवामा सधैँ अगाडी लायन्स क्लब अफ काठमांडू इनर्जेटिक युथ

विराटनगर

आकृति रानी फुयल

लायन्स क्लब अन्तराष्ट्रिय अन्तर्गत लायन्स जिल्ला ३२५ बि वान नेपालको ' लायन्स क्लब अफ काठमांडू इनर्जेटिक युथ 'ले सुनसरीको देवानगंज ५ ,साहेबगंज स्थित शिव मन्दिर प्रांगणमा आज साउनको तेश्रो सोमबार पनि मन्दिर दर्शन गर्न आउने भक्तजनहरुलाई फलफूल तथा जुस वितरण गर्ने कार्यलाई निरन्तरता दिएको छ ।

यसै महिनाको पहिलो सोमबारबाट आफ्नो गाउँमा साउने सोमबारको अवसरमा मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजनहरुलाई लक्षित गरि आफुहरुले सो अभियान सुरु गरेको क्लबका अध्यक्ष लायन सुरज शाह राष्ट्रप्रेमीले जानकारी दिए। आफुहरुलाई यस अभियानमा रोजगारका शिलशिलामा मलेसियामा रहनुभएको क्लबका मेम्बरशिप चेयारपर्सन लायन अरविन्द कुमार शाहले आर्थिक सहयोग गर्नुभएको उनले बताए ।

आज मात्र ३०० जना भन्दा बढी ब्रतालु भक्तजनहरुलाई सर्बत, नासपाती ,स्याउ ,अम्बक लगायतका फलफुलहरु वितरण गर्यौं र आउँदो सोमबार यानिकि अन्तिम दिन भने हामिले फलफुलका साथै शिव चर्चा सुनाउदैं भक्तजनहरुलाई केहि पलका लागि भएपनि आनन्द दिने प्रयास गर्ने योजनाका साथ अघि बढेका छौं भन्दै उनले आफ्ना क्लबका सम्पूर्ण सहयोगी हातहरुलाई धन्यवाद दिएका छन्।

यसै वर्ष २०२१ जुन १४ बाट विधिवत रुपमा ' स्टेप्स अहेड फर अ बेटर सोसाइटी एण्ड नेसन ' भन्ने मूल स्लोगनका साथ स्थापित यस क्लबले अधिकतम कार्यहरु विश्वव्यापी महामारी कोरोना जताततै भएकाले आफ्नो क्लबको प्रमुख प्राथमिकतामा भोकालाई भोजन नै रहेकोले आज (९ अगस्ट) का दिन 'सर्भिस फर अ स्माइल 'का साथ नेपालमा लायन्स क्लब स्थापना भए को ५० बर्ष पुरा भइ ५१ औ बर्षमा प्रवेश गरेको उपलक्ष्यमा बुढानिलकण्ठ स्थित श्रृजना सामाजिक सेवा समाज (आश्रम)मा बस्ने २० जना अपाङ्गता भएका आमा बाबुका छोराछोरीको लागि ३ महिनाका लागि पुग्ने खाद्यान्न हस्तानतरण गरेको छ।

उक्त कार्यक्रममा लायन्स क्लब अफ काठमाडौं सत्कर्मका अध्यक्ष लायन जिन्तु नकर्मी खनाल त्यसैगरी प्रमुख अतिथीमा प्रथम भाईस डिस्ट्रीक गभर्नर लायन महेन्द्र पौडेल , दितिय भाईस डिस्ट्रीक गभर्नर लायन मणी , चिफ एड्भाइजर लायन पार्वती खरेल पाण्डे, क्याम्पेन १०० चिफ लायन राजु चालिसे , डिपार्टमेन्ट चिफ हङर रिलिफ लायन मुना थापा , रिजन चेयर पर्सन लायन मेनुका लामा, जोन चेयर पर्सन लायन संगिता शर्मा , डिस्ट्रीक चेयर पर्सन लायन बबिता रोक्का , क्लब प्रेसिडेन्ट लायन कल्पना पौडेल घिमिरे, लायन इश्वरि यजुकी लामा, लायन शिव जि तिमील्सिना, लायन केशब शर्मा, रिजन चेयर पर्सन लायन सुरेन्द्र राज तिमील्सिना एम जे एफ, इनरजेटिक युथ क्लब चार्टर प्रेसिडेन्ट लायन सुरज शाह लगायत क्लबका भाईस प्रेसिडेन्ट, सचिब , ट्रेजरर लगायतको उपस्थिति रहेको उनले जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्