कारमा ब्राउन सुगर बोकेर जाँदै गरेका पाँचजना पक्राउ

कारमा ब्राउन सुगर बोकेर जाँदै गरेका पाँचजना पक्राउ

इनरुवा । सुनसरी ईनरुवा नगरपालिका ४ पुर्व–पश्चिम राजमार्गमा पर्ने ईनरुवा बसपार्कबाट कारमा सवार ४ जनालाई लागूऔषध ब्राउन सुगर सहित पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सप्तरी हनुमाननगर कंकालिनी १४ का २० बर्षीय अमोद कुमार यादव, सप्तरी तिलाठी कोलारी ४ का २० बर्षीय ईनर कुमार मुखिया, सप्तरी रामपुर मलहनिया १४ का २४ बर्षीय बिनोद कुमार कामत, सप्तरी तिलाठी कोलारी ४ का १९ बर्षीय रमेश मुखिया र कार चालक तिलाठी कोलारी ४ का २२ बर्षीय फुल कुमार मुखिया रहेका छन् ।

हिजो बेलुका ८ बजे बिशेष सुचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो विराटनगर र जिल्ला प्रहरी कार्यलाय सुनसरीबाट खटिएको प्रहरी टोलीले पश्चिमबाट आउदै गरेको बा १४ च ६१४५ नम्बरको कारलाई रोकी कारमा सवार ५ जनालाई चेकजाँच गर्दा अमोद कुमार यादवको साथबाट लागूऔषध ब्राउन सुगर १३० ग्राम फेला परेको हो । ब्राउन सुगर फेला परे पश्चात थप अनुसन्धानको लागी कार सहित पाचै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट थप अनुसन्धान भईरहेको छ ।

यसैगरी मोरङ लेटाङ नगरपालिका ९ बुढौली चौक स्थितबाट प्रतिबन्धित औषधी सहित एक जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा लेटाङ ८ का २४ बर्षीय पदम बहादुर राई रहेका छन् । हिजो बेलुका साढे ५ बजे अस्थाई प्रहरी चौकी जातेबाट खटिएको प्रहरी टोलीले उनलाई प्रतिबन्धित औषधी २०० ट्याब्लेट र स्पासपेन १७० ट्याब्लेट सहित पक्राउ गरिएको हो । पक्राउ परेका राईलाई ईलाका प्रहरी लेटाङबाट थप अनुसन्धान भईरहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्