दुर्घटनामा एकको मृत्यु, दुई घाइते

<span class='c1'>दुर्घटनामा एकको मृत्यु,</span> <span class='c2'>दुई घाइते</span>

मुग्लिन

चितवनमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किदाँ एक जनाको मृत्यु भएको छ । पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ कुरिनघाटमा आज काठमाडौँबाट मुग्लिनतर्फ आइरहेको बा४६प ३२० नंको मोटरसाइकल र विपरीत दिशाबाट गइरहेको ग १६ प ५५३१ नं मोटरसाइकल एकापसमा ठक्कर खाँदा ग १६ प ५५३१ नम्बरको मोटरसाइकल चालक स्याङ्जाको पुतली बजार नगरपालिका–४ बस्ने वर्ष २६ को सुशील पोखरेलको मृत्यु भएको हो ।

पोखरेलको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा परी दुई घाइते भएका छन् । घाइते हुनेमा बा ४६प ३२० नम्बरको मोटरसाइकल चालक भोजपुरको पौवादुङमा गाउँपालिका–४ बस्ने वर्ष २४ को सन्दिप बस्नेत र सोही मोटरसाइकल पछाडि सवार सोही स्थानका २१ वर्षीयको जय कार्की रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्