विराट बहिरा स्कुलमा निशुल्क दन्त परीक्षण

विराट बहिरा स्कुलमा निशुल्क दन्त परीक्षण

विराटनगर । रोटरी क्लब अफ विराटनगर सेंट्रल र साना पाइला विराटनगरको संयुक्त आयोजनामा निशुल्क दन्त परीक्षण गरिएको छ ।
विराटनगर ५ स्थित कोचखालमा रहेको बिराट बहिरा स्कूलका ११ र १२ कक्षामा अध्ययनरत ५० जना विद्यार्थीलाई निशुल्क दन्त परीक्षण गरिएको साना पाईला विराटनगरकी संस्थापक अध्यक्ष डाक्टर मिरा आर्चयले जानकारी दिनुभयो ।

निशुल्क दन्त परीक्षणमा दाँत मुख सफा र स्वस्थ्य राख्न अपनाउनु पर्ने तथा दाँत माझने सही विधिको बारेमा जानकारी गराउदै टुथ ब्रश र पेस्ट वितरण गरिएको समेत आर्चयले बताउनुभयो । साथै ‘स्वास्थ्य जीवनका लागि स्वस्थ्य मुख’ भन्ने जनचेतना फैलाउने उद्देश्यले स्थापना भएको स “साना पाइलाले विभिन्न स्थानहरुमा स्वास्थ्य सम्बन्धी जनचेतना मुलक कार्यक्रम गर्दै आएको डा.आचार्यले बताउनुभयो ।
निशुल्क दन्त परीक्षणमा हाम्रो अस्पतालको प्राविधिक सहयोग गरिएको रोटरी क्लब अफ बिराटनगर सेंट्रलका अध्यक्ष मुन थपलियाले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्