बर्जु र हरिनगरामा नेकपा एमालेको वडा कमिटी गठन

बर्जु र हरिनगरामा नेकपा एमालेको वडा कमिटी गठन

सुनसरी

अजमल अन्सारी

सुनसरीको बर्जु गाउँपालिकामा नेकपा एमाले बर्जु गाउँकमिटीले बर्जु गाउँपालिका वडा नम्बर ५ मा वडा कमिटी गठन गरेको छ । सोमबार बर्जु गाउँकमिटीले कार्यक्रमको आयोजना गरेर कमिटीको गठन गरेको छ। वडा नं ५ को वडा कमिटीको अध्यक्षमा अशिचन्द चाैधरी , सचिबमा सद्दाम अन्सारी र सदस्यमा जाकिर अन्सारी, जीतनारायण चाैधरी, जितेन्द गुरुङ , सवुरलाल सरदार, कृष्ण चाैधरी, सविता चाैधरी लगायत २९ जना सदस्यको कमिटी गठन गरिएको छ ।

कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य बालेश्वर चाैधरीले कमिटी घोषणा गरेका थिए। प्रदेश सदस्य बालेश्वर चाैधरीको प्रमुख अतिथि रहेको सो कार्यक्रममा विशिष्ट अतिथि तथा सुनसरी जिल्ला क्षेत्र नम्बर ३ का ईन्चार्ज रमजान अलि, क्षेत्रीय सह इन्चार्ज गोविन्द घिमिरे लगायतकाले मन्तव्य राखेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि तथा नेकपा एमालेका प्रदेश सदस्य बालेश्वर चाैधरीले जनताको काम गर्ने र देशलाई कठिन परिस्थीतीमा पनि बचाउने पार्टि एमाले नै हो, एमालेमा जनताको लहर देखेर अरु पार्टिहरु अत्तालिएका छन् ।’ छटपटिएका अरु दलहरुले एमाले विरुद्धका गतीविधिहरु बढाइरहेको भन्दै चाैधरीले सजग भएर सबैको हित हुने काममा लागी पर्न एमालेका कार्यकर्ताहरुलाइ अनुरोध गरेको बताउनुभयो।

कार्यक्रममा विशिष्ट अतिथि तथा सुनसरी जिल्ला क्षेत्र नम्बर ३ का ईन्चार्ज रमजान अलिले गाउँ, समाज र देश बनाउन सक्ने पार्टि भनेकै नेकपा एमाले भएको जनाउँदै एकजुट भएर लाग्न आम कार्यकर्तालाइ अनुरोध गरेको बताउनुभयो।

कार्यक्रम सिकचील चाैधरीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नेकपा एमालेका प्रदेश सदस्य बालेश्वर चाैधरी, सुनसरी जिल्ला क्षेत्र नम्बर ३ का ईन्चार्ज रमजान अलि, क्षेत्रीय सह इन्चार्ज गोविन्द घिमिरे, नेकपा एमाले बर्जुका अध्यक्ष दिलकुमार गुरुङ, अनेरास्ववियु बर्जु संयोजक तथा नेकपा एमाले बर्जुका सदस्य इन्जिनियर सद्दाम हुसेन लगायत नेताको उपस्थिति रहेको थियो।

यसैबीच हरिनगर गाउँपालिकामा पनि नेकपा एमाले हरिनगर गाउँकमिटीले हरिनगर गाउँपालिका वडा नम्बर ६ मा वडा कमिटी गठन गरेको छ । वडा नं ६ को वडाकमिटीको अध्यक्षमा बसीर मिया, उपाध्यक्षमा कोशिला शाह, सचिबमा मोहम्मद अखतर हुसेन, कोषाध्यक्षमा जबिर अन्सारी र सदस्यमा तुजी मण्डल, ललिता मण्डल, ऐयुब अन्सारी, हफाज मिया, लगायत २९ जना सदस्यको कमिटी गठन गरिएको र सल्लाहकारमा नेकपा एमालेका जिल्ला सदस्य र वडा अध्यक्ष समेत रहेका इसराईल अन्सारी, सफिउररहमान, अब्बास नसिम मन्सुरी रहेको नेकपा एमाले हरिनगरका अध्यक्ष श्रीकृष्ण मेहताले बताउनुभयो।

नेकपा एमाले हरिनगर गाउँकमिटीले यस अघिनै वडा नम्बर १ र २ मा वडा कमिटी गठन गरिसकेको छ । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य लसकरी अन्सारी, हरिनगर गाउँपालिकाका पार्टी इन्चार्ज अताउल अन्सारी, नेकपा एमाले जिल्ला सदस्य अक्रम अलि एमालेका जिल्ला सदस्य र वडा अध्यक्ष समेत रहेका इसराईल अन्सारी हरिनगरका पार्टी अध्यक्ष श्रीकृष्ण मेहता लगायत नेताहरुको उपस्थिति रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्