झगडा भई कुटाकुट हुँदा एकको मृत्यु, अर्का एक घाईते

झगडा भई कुटाकुट हुँदा एकको मृत्यु, अर्का एक घाईते

विराटनगर । ओखलढुङगा सिद्धचरण नगरपालिका ५ चित्रे स्थित बाटोमा सोही स्थानका ४२ बर्षीय पासाङ तेन्जी शेर्पा र सोही स्थान बर्णालुका ६३ बर्षीय आङगुबु शेर्पा बिच झगडा भई कुटपिट हुँदा पासाङ तेन्जी शेर्पाको मृत्यु भएको छ ।

गत राती १ बजे भएको झगडामा दुवै जना गम्भिर घाईते भई सामुदायिक मिसन अस्पताल ओखलढुंगामा उपचारको क्रममा मृत्यु भएको थियो भने आङगुबु शेर्पाको सोही अस्पतालमानै उपचार भईरहेको छ । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्