विराटनगरको रानी नाकाबाट आउजाउ खुल्ला, सहायक नाकामा कडाई

विराटनगरको रानी नाकाबाट आउजाउ खुल्ला, सहायक नाकामा कडाई

विराटनगर । कोभिड–१९ संक्रमणको जोखिम बढ्दै गएपछि भारतसँग सीमा जोडिएको मोरङका सहायक नाकाबाट हुने आउजाउलाई कडाई गरेर विराटनगर रानी नाका खुल्ला गरिएको छ । मुख्य नाकामा कडाई गर्दा सहायक नाकाबाट अवैध कारोबारदेखि लुकिछिपी आउजाउ बढेको भन्दै स्थानीय प्रशासनले औपचारिक रुपमै रानी नाकाबाट आउजाउ खुल्ला गरेको हो ।

मोरङमा यात्री आउजाउ गर्ने एकमात्रै नाका रानी मात्रै हो । मालवस्तु ढुवानीसँगै यात्रु आउजाउ गर्ने रानी नाकाबाट भन्सार कार्यालय बुधनगर सरेपछि केहि समस्या भएको थियो । कोरोना संक्रमणसँगै मुख्य नाकाबाट आउजाउ बन्द गरिएपछि सहायक नाकाबाट आउजाउसँगै अवैध कारोबार बढ्दै गएको थियो ।

मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाले सहायक नाकाबाट आउजाउमा कडाई गरेर मुख्य नाकाबाट प्रवेश गराउने बताउनुभयो । उहाँले हेल्थ डेस्क समेत रहेका कारण प्रारम्भिक स्वास्थ्य परीक्षण, स्वास्थ्य सुरक्षा मापदण्ड पालना गराउन सहज हुने भएकोले रानी नाकाबाट पैदल यात्री आउजाउ खुल्ला गरिएको बताउनुभयो । बुधबारदेखि रानी नाका हुँदै भारत जाने र भारतबाट फर्कन नागरिकले सक्ने भएका छन् । जाने र आउनेका लागि अलग–अलग रुट दिईने छ । नेपाल प्रवेश गर्नेहरुको प्रारम्भिक स्वास्थ्य परीक्षण गरिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्