दश शय्याको आइसोलेशन वार्ड निर्माण

<span class='c1'>दश शय्याको आइसोलेशन</span> <span class='c2'>वार्ड निर्माण</span>

डोटी

कोरोना सङ्क्रमण अझै फैलिएकाले जिल्ला अस्पताल डोटीमा १० शय्याको आइसोलेशन वार्ड निर्माण गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा उक्त वार्ड निर्माण गरिएको हो ।

जिल्ला अस्पतालका सूचना अधिकारी अमरसिंह भाटका अनुसार मन्त्रालयले उपलब्ध गराएको रु ४० लाखमध्ये रु १८ लाखको लागतमा उक्त वार्ड निर्माण गरिएको र बाँकी रहेको रकमबाट अन्य आइसोलेशन वार्ड निर्माण गरिने छ ।

आइसोलेशन वार्ड उद्घाटन गर्दै सामाजिक विकासमन्त्री लालबहादुर खड्काले कोरोना रोकमथाम र नियन्त्रणका लागि सम्पूर्ण तयारी भइरहेको बताउनुभयो । यसअघि उक्त अस्पातलमा वार्ड अभावमा कोभिडका बिरामीको उपचारमा निकै समस्या भएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीले जानकारी दिनुभयो । उहाँका अनुसार यहाँका नौवटै स्थानीय तहमा रहेका सरकारी अस्पतालमा पनि गाउँपालिकाको समन्वयमा थप वार्ड निर्माण गरिने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्