विराटनगरको बरगाछीमा दुर्घटना, एक जनाको अवस्था गम्भिर

<span class='c1'>विराटनगरको बरगाछीमा दुर्घटना, एक</span> <span class='c2'>जनाको अवस्था गम्भिर</span>

विराटनगरको बरगाछी चौकमा भर्खरै भएको दुर्घटनामा दुई जना घाईते भएका छन् । बरगाछी चौक स्थित कोशी लोकमार्गमा उत्तरबाट दक्षिण तर्फ आउदै गरेको को २६ प ७४६२ नम्बरको मोटरसाईकलले सोहि तर्फबाट आउदै गरेको बा १४ च ७२५९ नम्बरको कारको पछाडीबाट ठक्कर दिदाँ दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरगंले जनाएको छ ।

दुर्घटनाबाट मोरङ्गको सुन्दरहरैचा नगरपालिका वडा नम्बर ८ बस्ने मोटरसाईकल चालक ३० वर्षिय अनिष दाहाल र पछाडी सवार सोहि स्थानका ३० वर्षिय सुमन बजगाँई रहेका छन् । सवारी चालक दाहालको टाउकोमा चोट लागेको छ भने बजगाँईको अवस्था सामान्य रहेको छ ।
ट्राफिक प्रहरी कार्यालयले तिब्र गतिका कारण दुर्घटना भएको बताएको छ । कार चालक फरार रहेकोले खोजी कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्