विश्व हात्ती दिवसमा वृक्षरोपण

<span class='c1'>विश्व हात्ती</span> <span class='c2'>दिवसमा वृक्षरोपण</span>

झापा

मानवबाट मारिएका हात्ती र हात्तीबाट मारिएका मानवका स्मृतिमा आज यहाँ विभिन्न प्रजातिका बिरुवा रोपण गरिएको छ । विश्व हात्ती दिवसको अवसर पारेर मेचीनगर नगरपालिका–४ बाहुनडाँगीको मेची नदी किनारमा शिरिष, जडुल लगायतका फूल फुल्ने प्रजातिको बिरुवा रोपण गरिएको हो । कार्यक्रममा विभिन्न सङ्घसंस्था, होटल व्यवसायी र स्थानीयवासीको सहभागिता रहेको थियो ।

नेपालकै सबैभन्दा बढी हात्तीको आक्रमणबाट मान्छेको मृत्यु भएको स्थान नै बाहुनडाँगी रहेको हुँदा उनीहरुको स्मृतिमा वृक्षरोपण कार्यक्रम गरिएको हात्ती संरक्षक शङ्कर लुइँटेलले जानकारी दिनुभयो । उहाँका अनुसार हालसम्ममा सो स्थानमा ५० जनाभन्दा बढीको मृत्यु भएको छ भने एक दर्जन हात्तीसमेत मारिएको छ ।

कार्यक्रममा हात्तीको महत्व, यसको जैविक विविधतामा भूमिका, आक्रमणबाट बच्ने उपाय र संरक्षणमा स्थानीयवासीको दायित्व विषयमा समेत जानकारी गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्