महिला उद्यमीहरुका लागि सहुलियत कर्जा उपलब्ध गराउन घरेलु महासंघ र बैंकबीच सम्झौता

महिला उद्यमीहरुका लागि सहुलियत कर्जा उपलब्ध गराउन घरेलु महासंघ र बैंकबीच सम्झौता

विराटनगर

नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङ र सिटिजनन बैंकबीच सम्झौता भएको छ । महिला उद्यमीहरुका लागि सहुलियत कर्जा उपलब्ध गराउने विषयमा महासंघ र बैंकबीच सम्झौता भएको हो ।

सम्झौता पत्रमा महासंघ मोरङका अध्यक्ष चेतन निरौला र सिटिजन बैंक विराटनगरका ब्रान्च म्यानेजर प्रकाश नेपालले हस्ताक्षर गरेका छन् । सम्झौतामा महासंघको सिफारिसमा सिटिजन बैंकले महिला उद्यमी एवम् व्यवसायीका लागि सहज र सर्वसुलभ ढंगले ऋण उपलब्ध गराउने उल्लेख छ ।

त्यसैगरी २०७५ सालभन्दा पछि दर्ता भएका कृषि उद्योग, वैदेशिक रोजगारबाट फर्किएर उद्यम तथा व्यवसायका गर्ने युवाहरु र परम्परागत पेशा व्यवाय सञ्चालन गर्दैै आएका लक्षित समुदायलाई राज्यले ६ प्रतिशतसम्म ऋणको ब्याजमा दिने छुट अनुसारको ऋण बैंकले उपलब्ध गराउनेछ ।

विनाधितो महिला उद्यमशिलतामा कर्जा लगानीमा कर्जाको बीमा हुने हुँदा बैंकको लगानी डुब्नेसमेत जोखिम नहुने बैंकका ब्रान्च म्यानेजर नेपालले बताए । कर्जाका लागि महासंघ मोरङ मार्फत सहजीकरण गरिने अध्यक्ष निरौलाले जानकारी दिए ।

सो अवसरमा नेपाल तथा साना उद्योग महासंघ प्रदेश १ का अध्यक्ष राजेश कोइराला, महिला उद्यम समिति मोरङ अध्यक्ष सुनिता छाराहाङ, महासंघ मोरङका निवर्तमान अध्यक्ष नरेन्द्रप्रसाद हुमागाईलगायत जिल्ला कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्