चलिरहेको गाडीबाट उत्रने क्रममा विराटनगर ३ मा एक यात्रुको मृत्यु

चलिरहेको गाडीबाट उत्रने क्रममा विराटनगर ३ मा एक यात्रुको मृत्यु

विराटनगर । गाडीबाट हामफाल्दा विराटनगरमा बिहीबार राति एक जना यात्रुको मृत्यु भएको छ । कोसी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ मा उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको को २ च २७४२ नम्बरको बलेरो गाडीबाट हामफाल्दा भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ का २२ वर्षीय युवराज खतिवडाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादर खड्काले जानकारी दिनुभयो ।

खतिवडा त्यही गाडीमा सवार मोरङ प्रहरीले जनाएको छ । गाडीमा सवार रहेका बेला हामफालेर ओर्लन खोज्दा उनी गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार खतिवडाको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा राति ८ः२० बजेतिर मृत्यु प्रहरीले जानकारी दिएको छ ।
प्रहरीले गाडी र चालक भोजपुरको पौवादुम्बा गाउँपालिका–२ का २५ वर्षीय कृष्ण कार्कीलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालेको छ । लापरबाहीपूर्ण तरिकाले गाडीबाट झर्ने क्रममा दुर्घटना भएको प्रहरीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्