विराटनगर । विराटनगरस्थित मोरङ कारागारमा कैद भुक्तान गर्दै आएका एक जना कैदीको मृत्यु भएको छ ।
सुनसरीको धरान ८ घर भएका ३० वर्षिय सुवास लिम्बुमा शनिबार १ बजे उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको जेलर रामप्रसाद पोखरेलले जानकारी दिए ।
मृतक कैदी लिम्बुमा स्वास प्रश्वासमा समस्या भएपछि कारागार प्रशासनले अस्पताल लगेको थियो । अस्पताल पु¥याएर उपचारको क्रममा मृत्यु भएको बुझिएको छ । लागूऔषध मुद्दामा पक्राउ परेका लिम्बुलाई मोरङ अदालतले ३ वर्ष कैद र १ लाख जरिवनाको फैसला सुनाएको थियो । लागूऔषध ल्याउने क्रममा मोरङ प्रहरीले लिम्बुलाई २०७४ चैत २३ गते पक्राउ गरेको थियो ।