शान्ती युवा क्लवद्धारा गुन्द्री बजारमा निशुल्क मास्क वितरण

<span class='c1'>शान्ती युवा क्लवद्धारा गुन्द्री</span> <span class='c2'>बजारमा निशुल्क मास्क वितरण</span>

विराटनगर । विराटनगर ११ मा रहेको शान्ती युवा क्लवले माक्स वितरण अभियान कार्यक्रम सुरु गरेको छ । कोरोना माहामारीको समयमा बजारमा मास्क नलगाई हिड्ने सर्वसाधरणलाई माक्स खोई अभियान अन्तर्गत मास्क वितरण गरेको हो ।


शान्ति युवा क्लवले विराटनगर ११ बसपार्क पछाडी एक बर्ष अगाडी संचालनमा आएको नयाँ गुद्री बजारमा रहेको व्यापारी आम उपभोत्ता र सर्वसाधरणलाई निशुल्क माक्स वितरण गरेका थिए ।
निशुल्क माक्स वितरण अभियानमा वडा प्रहरी कार्यालय विराटनगरको प्रहरी टोली , विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडा अध्यक्ष तिथेन्द्र न्योपाने , वडा सदस्यय रिङ्कु परियार , अरुणदय स्कुलका अध्यक्ष वियज ठाकुर , शिक्षा फाउन्डेशनका रुपक मेहता , मेनेजिङ डाईरेक्टर रविन शर्मा लगायत क्लबका सम्पुर्ण सदस्यहरुको उपस्थितमा निशुल्क माक्स वितरण गरिएको क्लवका अध्यक्ष विपुल चौधरीले जानकारी दिए ।


निशुल्क माक्स वितरण अभियान लगायत ३ दिन सम्म जारी राख्ने चौधरीले बताए । अन्यदिनमा विराटनगरको पुरानो गुद्री बजार , शनिमन्दिर, रामचौक लगायातको ठाँउहरुमा निशुल्क माक्स वितरण गरिने चौधरीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्