प्रदेश १ मा बाल अस्पताल निर्माणार्थ सहयोग खोज्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइराला

प्रदेश १ मा बाल अस्पताल निर्माणार्थ सहयोग खोज्दै वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइराला

विराटनगर । वरिष्ठ मुटु रोग विशेषज्ञ डा.भगवान कोइरालाले बाल अस्पतालको लागि सहयोग गर्न विराटनगरका उद्योगी–व्यवसायीसम्म आग्रह गर्नु भएको छ । काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) का अध्यक्ष एवं वरिष्ठ मुटु रोग विशेषज्ञ डा. कोईरालाले मोरङ व्यापार संघसँगको छलफलका क्रममा सहयोगको अपेक्षा गर्नु भएको हो ।

तीनदिन अगाडी मोरङ व्यापार संघमा आयोजित कार्यक्रममा कोइरालाले काठमाण्डौं इन्टिच्यूट अफ चाइल्ड हेल्थ (किओच)को सेवा प्रादेशिकस्तरमा विस्तार गर्न चाहेको बताउँदै संघलाई त्यसको लागि पहल लिईदिन आग्रह गर्नु भएको थियो ।
गैह«नाफामुलक र सेवामुलक संस्थाका रुपमा स्थापित किओचले नेपालका सबै बालबालिकालाई सर्वसुलभ विशिष्टिकृत स्वास्थ्य सेवा पु¥याउने र बाल स्वास्थ्यका क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने उद्देश्य राखेको बताउँदै बहुविशिष्टीकृत सेवा सहितको अस्पताल स्थापनाका लागि सहयोगको अपिल गर्नु भएको थियो ।

सबै प्रदेशमाबाल अस्पताल निर्माण गरी संचालन गर्ने उद्देश्य राखेको किओचले प्रदेश नं. १ मा झापाको दमकमा रेडक्रस भवन लिजमा लिई अत्याधुनिक सेवा सहित दक्ष प्राविधिकहरुबाट संचालन गर्ने योजना सुनाउनु भएको थियो । त्यसको निर्माण कार्यमा मोरंग व्यापार संघबाट सहयोग गरिदिन संघका अध्यक्ष प्रकाश मून्दडालाई अनुरोध गरिएको थियो ।
मोरंग व्यापार संघले विराटनगरमा समय सान्दर्भिक र दु्रतगतिमा प्रविधियुक्त सुविधा सम्पन्न कोभिड अस्पताल निर्माण गर्न नागरिक केयर सेन्टर मार्फत पु¥याएको योगदान अत्यन्त प्रशंसनीय र अतुलनीय रहेको भन्दै डा. कोईरालो किओचको प्रदेशस्तरीय बाल अस्पताल निर्माणका लागि समेत सहयोग र समन्वय गरिदिन अनुरोध गर्नु भएको थियो ।

प्रदेश नं. १ को बाल अस्पताल निर्माणार्थ किओचका कार्य योजनाहरु तयार पारी आगामी दिनमा संघलाई प्रस्तुत गरिने बताउनु भएको थियो । संघका अध्यक्ष मून्दडा सहितपूर्व अध्यक्ष महेश जाजूले सो बाल अस्पताल निर्माणका लागि संघबाट यथाशक्य साथ, सहयोग एवं समन्वय गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो ।
संघका अध्यक्ष मून्दडा पूर्व अध्यक्ष एवं केयर सेन्टरका वरिष्ठ उपाध्यक्ष महेश जाज, नेपाली सेनाका उपरथी अनन्त कार्की सहित उद्योग संगठन मोरङका निर्वतमान अध्यक्ष एवं केयर सेन्टरका उपाध्यक्ष भीम घिमिरे र मोरंग व्यापार संघका वरिष्ठ उपाध्यक्ष नवीन रिजालले डाक्टर कोइरालाको प्रस्तावलाई समर्थन गर्नु भएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्