विराटनगर अखिल फोर्समा गौतम

विराटनगर अखिल फोर्समा गौतम

विराटनगर । पार्टी विभाजनको स्पष्ट संकेत देखिएपछि नेकपा एमालेको माधवकुमार नेपाल समूहले समानान्तर गतिविधिलाई तिब्र बनाएको छ । आफ्नो समूहको तल्लोस्तरमा कमिट विस्तारको क्रममा विराटनगरमा महानगरस्तरीय अखिल फोर्स गठन गरिएको छ ।
विराटनगर २ तीनपैनीमा रहेको पार्टी कार्यालयमा शनिबार विद्यार्थीहरुको भेला आयोजना गरी रोहित गौतमको संयोजकत्वमा ५१ सदस्यीय महानगरस्तरीय अखिल फोर्स गठन गरिएको हो । अखिल फोर्स विराटनगरको सहसंयोजकमा बिक्रम सिंह छन् ।

नेकपा एमालेका केन्द्रीय सदस्य महेश रेग्मीले केपी शर्मा ओलीहरुले पार्टी कार्यालयको ढोकामा ताल्चा लगाएर बसेभने नयाँ पार्टी खोल्ने विकल्प क्रान्तिकारीहरुसँग सुरक्षित हुने त्यस क्रममा बताउनु भएको थियो । एमाले अध्यक्ष केपी शर्मा ओलीले नेपालको ७० वर्षदेखिको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाएको दुई पार्टी बीच एकता भएपछि आएको उत्साहलाई चकनाचुर बनाएको टिप्पणी गर्नु भएको थियो ।

अनेरास्ववियूका केन्द्रीय सहअध्यक्ष ओसिम आलमको उपस्थितमा फोर्स गठन भएको हो । त्यस क्रममा विद्यार्थी नेता आलमले शिक्षा र राजनीतिक क्षेत्रमा रहेका माफियाहरुका विरुद्ध युवा विद्यार्थीहरुले सचेतना र परिवर्तनकारी अभियान सञ्चालन गर्ने बताउनु भएको थिया ।
कार्यक्रममा नेकपा एमाले मोरङका सचिवालय सदस्य पारुल क्षेत्री, युवा नेता नरेन्द्र वस्नेत लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्