बेलबारी कसेनी घटनाका अभियुक्त ११ महिनापछि पक्राउ

बेलबारी कसेनी घटनाका अभियुक्त ११ महिनापछि पक्राउ

विराटनगर । मोरङको बेलबारी–५ कसेनीस्थित लोहन्द्रा खोलामा भएको सामूहिक झैझगडामा हत्या भएको घटनाका मुख्य अभियुक्तलाई ११ महिनापछि पक्राउ गरेको छ । मोरङ प्रहरीबाट खटिएको सादा पोशाकको टोलीले ग्रामथान–२ का केके भन्ने ३१ वर्षीय कृष्ण चौधरीलाई शनिबार पक्राउ गरेको हो ।

घटना घटाएपछि चौधरी लामो समयदेखि फरार थिए । दुहबीमा बस्दै आएका चौधरीलाई प्रहरीले सुन्दरहरैंचा नगरपालिकाको बाँसबारीदेखि पक्राउ गरेको मोरङ प्रहरीका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता दिपक श्रेष्ठले जानकारी दिनुभयो । पक्राउ परेका चौधरीलाई मोरङ अदालतमा पठाएको डिएसी श्रेष्ठले जानकारी दिनुभयो । अदालतमा चौधरीको बयान सकिएपछि थुनछेक बहस हुनेछ । बहस सकिएपछि अदालतले आदेश गर्नेछ ।

गत भदौ १२ गते भएको ग्याङ फाइटमा धारिलो हतियार प्रहार गरि घाइते भएका चन्द्रकुमार राईको उपचारको क्रममा विराट टिचिङ हस्पिटलमा मृत्यु भएको थियो । प्रहरीले यस घटनामा संलग्न भएको आरोपमा यसअघि ६ जनालाई पक्राउ गरि कर्तव्य ज्यान मुद्दामा मोरङ अदालतमा मुद्दा दर्ता गरेको थियो ।

प्रहरीले यसअघि बेलबारी नगरपालिका ५ तेलकुडीका ३१ वर्षीय विनयकुमार सरदार, ग्रामथान गाउँपालिका–६ का ३४ वर्षीय जितेन्द्र चौधरी, ३१ वर्षीय दीपेन्द्र चौधरी, ३२ वर्षीय वीरेन्द्रकुमार खाँ, बेलबारी–६ का ३८ वर्षीय विशालकुमार खवास र ३१ वर्षीय राजेन भनिने राजिन्द्र राई ९थुलुङ० पक्राउ गरि प्रहरीले पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्