डाका मुद्दाका फरार प्रतिवादी १६ बर्ष पश्चात पक्राउ

<span class='c1'>डाका मुद्दाका फरार प्रतिवादी</span> <span class='c2'>१६ बर्ष पश्चात पक्राउ</span>

विराटनगर । प्रहरीले १६ वर्षपछि डाका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मोरङको टाँडीबाट पदम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो ।

विश्वकर्मा विरुद्ध धनकुटा जिल्ला अदालतले २०६२ भदौ १४ गतेको फैसलाबाट डाका मुद्दामा ६ बर्ष कैद र ४५ हजार रुपिँया जरिवाना आदेश गरेको थियो । यसैगरी धनकुटा जिल्ला अदालतले नै २०६२ असोज ११ गतेको फैसलाले ९ बर्ष कैद एक लाख ५५ हजार ५५० रुपिँया जरिवाना आदेश गरेको थियो ।

उनी विरुद्ध दुई वटा डाका मुद्दामा कुल १५ बर्ष कैद र दुई लाख पाँच सय पचास जरिवाना ठहर भएपछि फरार रहँदै आएका थिए । १६ वर्षपछि गत साउन २९गते मोरङ मिक्लाजुङ टाँडीबाट पक्राउ गर्न सफल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्