कारको ठक्करबाट एक जनाको मृत्यु, एक घाईते

<span class='c1'>कारको ठक्करबाट एक जनाको</span> <span class='c2'>मृत्यु, एक घाईते</span>

बिर्तामोड । झापा बाह्रदर्शी गाऊपालिका ७ सिमल चौक स्थित भित्री सडक खण्डमा कारको ठक्करबाट स्कुटीमा पछाडी सवार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषा गणेशमान चारनाथ नगरपलिका घर भई हाल कंकाईमाई नगरपालिका ८ डेरा गरी बस्ने ३२ बर्षीया सरस्वती मगर रहेकी छन् ।

हिजो राती साढे १० बजे उत्तर जादै गरेको प्रदेश(१ (०१(०१२ प १९४२ नम्बरको स्कुटीलाई प्रदेश १(०१(००१ च ७२७७ नम्बरको कारले पछाडीबाट ठक्कर दिई दुर्घटना हुँदा स्कुटी चालक बाह्रदर्शी गाऊपालिका ७ की २८ बर्षीया प्रमिता कार्की र पछाडी सवार सरस्वती घाईते भई उपचारको लागी बीएण्डसी अस्पतालमा पुर्‍याउन साथ सरस्वतीको मृत्यु भएको छ भने कार्कीको उपचार भईरहेको छ । दुर्घटना गराउने कार र चालक ईलाम जोगमाई २ का २४ बर्षीय जंग बहादुर बस्नेत ईलाका प्रहरी कार्यालय अनारमनीको नियन्त्रणमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्