काभ्रेपलाञ्चोकलाई काठे खम्बामुक्त जिल्ला बनाइँदै

<span class='c1'>काभ्रेपलाञ्चोकलाई काठे खम्बामुक्त</span> <span class='c2'>जिल्ला बनाइँदै</span>

काभ्रेपलाञ्चोक

नेपाल विद्युत् प्राधिकरणले जिल्लालाई काठे खम्बामुक्त बनाउने भएको छ । प्राधिकरणको वितरण केन्द्र बनेपास्थित कार्यालयले विद्युत्का काठका खम्बा विस्थापन गर्न बजेट मागसँगै कार्ययोजना अघि बढाएको जनाएको छ ।

विद्युत्का लागि वर्षौअघि गाडिएका काठका खम्बा जीर्ण हुँदा सेवा अवरुद्ध हुँदै दुर्घटनासमेत हुन थालेपछि ती पोललाई विस्थापन गर्न लागिएको हो । हाल प्राधिकरणको यहाँस्थित वितरण केन्द्र, बनेपा र पाँचखाल वितरण केन्द्रले काठका खम्बा विस्थापन कार्य गरिरहेका छन् ।

“काठका खम्बा विस्थापन कार्य भइरहेको छ, आ–आफ्नो सेवा क्षेत्रका बाँकी खम्बा विस्थापन गर्न छुट्टै थप बजेट माग गरेका छौँ”, काभ्रे वितरण केन्द्रका प्रमुख इञ्जिनीयर माधवेन्द्र यादवले भन्नुभयो । उहाँका अनुसार केन्द्रअन्तर्गत आठ स्थानीय तहका विद्युत्का काठका खम्बा क्रमैसँग हटाउँदै फलामे राखिनेछ । काठका जीर्ण खम्बाका कारण विशेषगरी वर्षायाममा खम्बा भाँचिदा विद्युत् सेवा अवरुद्ध हुने र दुर्घटना समेत हुने हुँदा काठका खम्बा विस्थापनमा योजनाबद्ध रुपमा लागेको यादवले बताउनुभयो ।

उहाँका अनुसार आठ स्थानीय तहमा करिब पाँच हजार काठका खम्बा विस्थापन गर्नुपर्छ । “वर्षौँअघि विद्युतीकरणका बेला विशेषगरी ग्रामीण भेगमा अधिकांश स्थानमा काठका खम्बा गाडिएका छन्, अहिले स्थानीय सेवाग्राही नै काठका पोल विस्थापन गर्नुपर्यो भन्दै निवेदन लिएर आउन थालेका छन्”, यादवले भन्नुभयो । प्राधिकरणको काभ्रेपलाञ्चोक शाखाले गत आर्थिक वर्षमा करिब तीन हजार काठका खम्बा विस्थापन गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्