बाह्रवर्ष पुग्दा पनि मुख्य अभियुक्त फरार

<span class='c1'>बाह्रवर्ष पुग्दा पनि</span> <span class='c2'>मुख्य अभियुक्त फरार</span>

चितवन

भनिन्छ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ । तर देशभर चर्चामा रहेको डा भक्तमान श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त १२ वर्ष पुग्दा पनि पक्राउ पर्न सकेका छैनन् । अपहरण काण्डका मुख्य अभियुक्त भीमसेन पण्डित अझैसम्म पक्राउ पर्न नसकेका हुन् ।

सोही अभियोगमा पक्राउ परेका नुवाकोटका बद्रीप्रसाद ढुङ्गाना, महाराजगञ्जका सुनिल श्रेष्ठ, भारतको दार्जिलिङका नवीन क्षेत्री, कानपुरका रोहित पालिवाल अग्रवाल र काठमाडौँका सुब्बा तामाङ पक्राउ परेपनि मुख्य अभियुक्त पण्डित फरार नै छन् । नुवाकोट घर भएका पण्डित भारतमा लुकिछिपी बसेको प्रहरीले जनाउदै आएको श्रेष्ठ बताउनुहुन्छ ।

विसं २०६७ जेठ ४ गते राति १० बजे बिरामी उपचार गरेर घर फर्किने क्रममा भरतपुरको हाकिमचोकबाट श्रेष्ठलाई अपहरण गरिएको थियो । अपहरणको १९ दिनपछि तीन किलो ६०० ग्राम सुन भारतको कानपुरमा बुझाएपछि उहाँ अपहरणमुक्त हुनुभएको थियो । श्रेष्ठ भन्नुहुन्छ, “अहिलेसम्म पनि मुख्य अभियुक्त पक्राउ हुन नसक्दा त्रास बढेको छ ।”

तत्कालीन समयमा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको कार्यकारी निर्देशक श्रेष्ठलाई सो अस्पतालको वार्षिक बजेट रु २८ करोड हाराहारी फिरौती रकम माग गरेकोमा पछि तीन किलो ६०० ग्राम सुन दिने सहमति भएको थियो ।

फरार रहेका पण्डित र पालिवाललाई जिल्ला अदालत चितवनले अपहरणमा फिरौतीबापत लिइएको रु एक करोड आठ लाख ५० हजार बिगो र बिगो बराबरको जरिवाना एवं १५ वर्ष कैद सजाय सुनाएको थियो । डा श्रेष्ठको अपहरणमा संलग्न ठहर भएका मुख्य अभियुक्त भारतीय नागरिक रोहित पालिवाल र भीमसेन पण्डितलाई जिल्ला अदालतले अपहरण तथा शरीर बन्धक मुद्दा अन्तर्गत १३ वर्ष कैद र सङ्गठित अपराध भएकोले थप दुई वर्षसहित १५ वर्ष कैद सजाय फैसला गरेको हो ।

त्यसैगरी नवीन क्षेत्री, बद्रीप्रसाद ढुङ्गाना, सुनिल श्रेष्ठ र योञ्जन तामाङलाई अपहरण तथा शरीर बन्धक मुद्दा अन्तर्गत ११ वर्ष कैद र सङ्गठित अपराध गरेकोले थप दुई वर्ष कैद गरी १३ वर्ष कैद सजायको फैसला भएको थियो । अपहरणमा संलग्न भनिएका राजेन्द्र पण्डित र गौतम योञ्जनले भने सफाइ पाएका थिए । जरिवानासहित कैद सजाय तोकिएका छ जनाले जनही रु एक लाख जरिवाना पनि तिर्नुपर्ने फैसला जिल्ला अदालत चितवनले गरेको थियो ।

उच्च अदालत पाटनको हेटौँडा इजलासले २०७५ माघ २१ गते जिल्ला अदालतबाट सफाइ पाएका गौतम योञ्जनलाई नौ वर्ष जेल र ५० हजार जरिवानाको फैसला गरेको थियो । योञ्जन विसं २०७६ पुसमा पक्राउ परेका छन् । डा श्रेष्ठले पक्राउ परेका छुट्ने समय आइसक्दासमेत मुख्य अभियुक्त पक्राउ नपर्दा आफूलाई त्रास कायमै रहेको बताउनुभयो । केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रताप सिंहले पण्डित अझै पक्राउ पर्न नसकेको बताउनुभयो । निजलाई रेड कर्नर नोटिस जारी गरेर खोजीकार्य भइरहेको उहाँको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्