ग्लोबल आईएमई र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ बीच ऋण लगानी सम्झौता

ग्लोबल आईएमई र नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ बीच ऋण लगानी सम्झौता

विराटनगर । ग्लोबल आइएमइ बैंकले उद्योगी–व्यवसायीलाई ऋण लगानी गर्ने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिसँग बैंकको व्यवस्थापनले बैकिङ्ग सुविधा दिने समझदारी पत्रमा हस्ताक्षर गरेको हो ।

समझदारी पत्रमा महासंघका तर्फबाट अध्यक्ष टीकाराज ढकाल र बैंकका तर्फबाट प्रदेश प्रमुख सुवास सापकोटाले हस्ताक्षर गर्नु भएको छ । सोमबार एक कार्यक्रमकाबीच बैंकको पहुँच नभएका साना व्यवसायी, नयाँ लगानी गर्ने युवा व्यवसायी, अपाङ्गता भएका व्यक्ति लगायतलाई प्राथमिकतामा राखी बैंकले ऋण लगानी गर्ने सन्दर्भमा सम्झौता भएको हो ।

महासंघमा आबद्ध भएका व्यवसायीहरूलाई महासंघको लिखित सिफारिसको आधारमा चलन चल्तीको ब्याजदरमा ०.५० प्रतिशत प्रिमियम छुट दिने भएको छ । ब्याज दर कायम गर्दा बैंकको बेस रेटमा न्यूनतम एक प्रतिशत प्रिमियम थप गरी हुन आउने ब्याजदर कायम गरिने सम्झौता गरिएको हो । सम्झौता अनुसार बैंकले प्रशासनिक सेवा शुल्कमा शून्य दशमलव २५ प्रतिशत छुट प्रदान गर्नेछ ।
व्यवसायीहरूले लिएको ऋण कर्जा तथा बैंकिङ्ग कारोबार सुविधाको तिर्नु बुझाउनु पर्ने रकम नतिरी नबुझाई शर्त कबुलियत उल्लंघन गरेमा सो रकम असुल उपर गर्न महासंघले आवश्यक सहयोग गर्नेछ । व्यवसायी सदस्यहरूलाई प्रथम पक्ष बैंकबाट प्रदान गरिने सेवाहरूको बारेमा जानकारी गराउन आवश्यक कार्य गर्ने र महासंघले नियमित रुपमा बैंकसँग सहकार्य गर्नका लागि सूचनाहरू तथा ग्राहकहरूको विवरण आदान प्रदान गर्ने सहमति भएको छ महासंघ प्रदेश नम्बर एकका कार्यकारी निर्देशक श्याम भण्डारीले जानकारी दिनुभयो ।

विदेशी विनिमय दरमा प्रति अमेरिकी डलर १० पैसााको अतिरिक्त सटहीसुविधा प्रथम पक्षले दिनेछ । अमेरिकी डलर बाहेकका अन्य परिवत्य विदेशी मुद्रामा समेत सोही अनुपात अनुसारको विनियम दरमा सुविधा दिइने भएको छ ।
प्रथम पक्षले कर्जाको निमित्त आवश्यक सम्पूर्ण कागजात सहित आवेदन दिएको वढीमा पाँच कार्यदिन भित्र स्वीकृति दिने व्यवस्था गर्नेछ । साथै, फर्म, कम्पनी तथा त्यसकापदाधिकारीहरुलाई आवश्यकतानुसार क्युआर कोड, पी.ओ.एस. मेशिन, लकर सुविधा, डेबिट, क्रेडिट कार्ड, मोबाइल स्मार्ट र इन्टरनेट बैंकिङ्ग सेवा सुलभ ढंगले उपलव्ध गराउने छ ।

कार्यक्रममा केन्द्रीय सदस्य एवं प्रदेश उपाध्यक्ष राजेन्द्र राउत, केन्द्रीय सदस्य एवं प्रदेश महासंघका सल्लाहकार अविनाश बोहरा र उपाध्यक्ष भीम पौडेलले यो समझदारी पत्रबाट साना व्यवसायी, स्टार्टअप, नवउद्यमी, कृषि व्यवसायमा संलग्न उद्यमीहरु, अपाङ्गता भएका व्यक्तिहरूका लागि उपयोगी हुने बताएका छन् । बैंकका प्रदेश प्रमुख सुवाष सापकोटाले प्रदेश एकमा रहेका ग्लोवल आइएमइ बैंकका सवै शाखाहरूबाट यो सुविधा उपलव्ध गराउने बताएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्