मोरङको विराटचोकमा मेगा बैंकको नयाँ शाखा

<span class='c1'>मोरङको विराटचोकमा मेगा</span> <span class='c2'>बैंकको नयाँ शाखा</span>

विराटनगर । मेगा बैंक नेपाल लिमिटेडले मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । विराटचोकका साथै अन्य ४ स्थानहरुमा पनि बैंकले त्यसै दिनबाट नयाँ शाखाहरु सञ्चालनमा ल्याएको हो ।

उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नम्बर ६ गौरीघाटमा बैंकले नयाँ शाखाहरु विस्तार गरेको हो । यी सबै शाखाहरुबाट बैंकिङ कारोबारको प्रारम्भ आइतबारबाटै भएको बैंकले जनाएको छ ।

मेगा बैंकले यो एक महिनाको अवधिमा मात्रै १२ वटा शाखा विस्तार गरिसकेको छ । अहिले मेगा बैंकका देशभर १९० शाखा कार्यालयहरु रहेका छन् भने थप ४ वटा शाखाहरु सञ्चालनमा आउने तयारीमा रहेका छन् । ग्राहकको विश्वास जित्दै अघि बढ्दै गरेको मेगा बैंकले गुणस्तरीय र छिटो छरितो सेवा तथा डिजिटल बैंकिङलाई प्राथमिकता दिँदै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्