बौद्धिक अपाङ्ग पुन:स्थापना केन्द्रलाई दुई लाख ५० हजार सहयोग

बौद्धिक अपाङ्ग पुन:स्थापना केन्द्रलाई  दुई लाख ५० हजार सहयोग

काभ्रे

काभ्रे सेवा समाज (कासेस) ले कोभिड–१९ सहयोग अन्तर्गत पाँचखाल नगरपालिका–११ खरेलथोकस्थित बौद्धिक अपाङ्ग पुनर्स्थापना केन्द्रलाई आर्थिक सहयोग गरेको छ । समाजलाई इन्भाष्ट ग्लोबल अष्ट्रेलियाबाट प्राप्त सहयोग रकमबाट केन्द्रलाई रु दुई लाख ५० हजार सहयोग प्रदान गरिएको हो ।

केन्द्रको छात्रावास खरेलथोक, स्वाँरामा आयोजित कार्यक्रममा समाजका सल्लाहकार एवं पूर्वप्रहरी महानिरीक्षक अच्युतकृष्ण खरेल र समाज अध्यक्ष नारायणसिंह महतले संयुक्त रुपमा सो रकम केन्द्रका अध्यक्ष केवलप्रसाद सिग्देललाई हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा समाजका सल्लाहकार खरेलले बौद्धिक अपाङ्ग भएका बालबालिकालाई सहयोगको आवश्यकता पर्ने भएकाले केन्द्रमा हाल आश्रितलाई दैनिक खाना–खाजामा सहयोग पुगेको बताउनुभयो ।

समाजका अध्यक्ष महतले कोभिड–१९ को लहर फैलिएलगत्तै विभिन्न दाताको समन्वयमा काभ्रे जिल्लाका लागि राहत र सहयोगका लागि समन्वय गरिरहेका बताउँदै कोभिड–१९ राहत सहयोगअन्तर्गत बौद्धिक अपाङ्ग भएका व्यक्तिलाई सहयोग दोस्रो कार्यक्रम भएको बताउनुभयो । उहाँले केन्द्रलाई तत्कालै सहयोगस्वरुप रु पाँच हजार र पनौती नपा–५, ढलमलेका जनस्वास्थ्यकर्मी रञ्जुसिंह थापाले रु तीन हजार प्रदान गर्नुभएको थियो ।

यस्तै वडा मध्ये शिवशरण तामाङले केन्द्रलाई रु २५ हजार प्रदान गर्नुभएको छ । केन्द्रका कोषाध्यक्ष रमेश खरेल र सचिव एवं शिक्षिका सुधा खरेलले अन्य खाले अपाङ्गता भन्दा बौद्धिक अपाङ्गता भएका बालबालिकाहरुको पुनर्स्थापना जटिल हुने अनुभव सुनाउनुभयो । २०५८ सालमा स्थापित केन्द्रमा हाल २६ विद्यार्थी, शिक्षक र सुसारे छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्