मोरंग
बेलबारी नगरपालिका वडा नं ७ स्थिति (भाउन्ने-आम्तोला) सडकखण्ड अन्तर्गत कदमचोकको मुख्य चौतर्फीमा यो खाल्डो विगत केही वर्ष देखि यथावत रहेको छ|
दैनिक रुपमा सोही बाटो हुँदै प्रतिनिधिहरु ओहोरदोहोर गरेता पनि नजर अन्दाज भइरहेको हुनाले गाउँ बसीहरुले ध्यानाकर्षण गराउनका निम्ति बीच चोकमा रहेको सो भौडिमा माछा मारेर आधुनिक ढंगले आक्रोश पोखेका छन्।
वडा प्रमुख चेतराज बस्नेत साथै नगरप्रमुख मेयर ज्ञानेन्द्र सुवेदीले बारम्बार झूटो आश्वासन दिएको तर काम भने नभएको गाउँबासीको गुनासो रहेको छ|