लुम्बिनी जनरल ईन्सुरेन्सको मार्केटिङ सम्बन्धी तालिम सम्पन्न

लुम्बिनी जनरल ईन्सुरेन्सको मार्केटिङ सम्बन्धी तालिम सम्पन्न

लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश एकमा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले तालिम प्रदान गर्नु भएको हो । तालिममा प्रशासन प्रमुख किरण मुढभरी र नवनियुक्त प्रदेश नं १ का क्षेत्रीय प्रबन्धक अभिषेक बरालको समेत उपस्थिति रहेको थियो । उक्त अवसरमा नवनियुक्त क्षेत्रिय प्रबन्धक बराललाई कम्पनीमा स्वागत समेत गरिएको थियो । बरालले यस अघि  माछापुच्छ्रे बैंक प्रदेश नं २ का क्षेत्रिय प्रबन्धकका रुपमा जिम्मेवारी सम्हाल्नु भएको थियो ।

विराटनगरको बिग होटलमा आयोजित कार्यक्रममा विराटनगर शाखाका बजार प्रवन्धक सन्जय मण्डलसहित इटहरी, उदयपुर, विर्तामोड, धरान लगायतका शाखाबाट प्रतिनिधि तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्