बिओपी हिल्साद्वारा सीमाको अनुगमन

<span class='c1'>बिओपी हिल्साद्वारा</span> <span class='c2'>सीमाको अनुगमन</span>

हुम्ला

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी (बिओपी) हिल्साले पछिल्लो समय चीनसँग जोडिएका सीमा स्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको छ । दुई वर्ष हिल्साको सीमा क्षेत्रमा रहँदै आएको हिल्सा बिओपीले चीनको सिमानामा रहेको ४ नम्बर सिमा स्तम्भमा पहिलो पटक पुगेर आफ्नो क्षेत्रको स्थलगत अनुगमन गरेको छ । वर्षा याममा हिमपात नहुने र मौसम सफा हुने भएकाले पनि उच्च क्षेत्रमा चीनसँग जोडिएका सीमा क्षेत्रको सीमा स्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको हिल्सा बिओपिका इन्चार्ज सुरज केसीले बताउनुभयो ।

खराब मौसमको कारण पटकपटक सीमा स्तम्भमा पुग्ने प्रयास गरेर असफल भएको बिओपी हिल्सा भने यतिखेर मौसम सफा रहकाले उक्त सीमा स्तम्भमा पुग्न सफल भएको हो । सीमा सुरक्षाचौकी हिल्सा ( बिओपी ) का इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसी नेतृत्वको टोली हुम्ला खण्डमा पर्ने नेपाल र चीनको सिमाना नुमुच्चेमा रहेको ४ नम्बर सीमा स्तम्भमा पुग्न सफल भएको हो ।

उक्त सीमा स्तम्भ पाँच हजार २५० मिटर अग्लो स्थानमा रहेको छ । यसअघि पनि सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्मका प्रमुख डिएसपी गेहेन्द्र भण्डारीको नेतृत्वको टोलीले साउन १९ याङ्जो भञ्ज्याङ स्थित ३ नम्बर सीमा स्तम्भमा पुगेर अनुगमन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्