बैतडीमा अक्सिजन बैंक स्थापना

<span class='c1'>बैतडीमा अक्सिजन</span> <span class='c2'>बैंक स्थापना</span>

बैतडी

भारतसँग सीमा जोडिएको जिल्लामा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दाताको सहयोगमा सङ्कलन गरिएका अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना गरिएको हो ।

कोरोना भाइरस कोभिड–१९ व्यवस्थापन पूर्वतयारीका लागि बुधबार बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो । कोभिड–१९ व्यवस्थापनका लागि आवश्यक सामग्री सञ्चित गर्दै बैंक स्थापना गरिएको हो । उहाँले भन्नुभयो, “कोरोना भाइरसको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै बैंक स्थापना गरेका हौँ ।”

बैंकमा ३३ अक्सिजन सिलिण्डर र ६२ कन्सन्ट्रेटर मेसिन राखिएको छ । अझै थप कतैबाट सहयोग भए बैंकमै राखिने जनाइएको छ । कोरोनाको दोस्रो लहर आउनुभन्दा अगाडि पूर्वतयार नहुँदा कोभिडका बिरामीको उपचारमा समस्या भएको थियो । अब जिल्लामै अक्सिजन तथा कन्सन्ट्रेटर सञ्चित गरेर राखेपछि सम्भावित तेस्रो लहरमा उपचारमा सहज हुने जिल्ला अस्पतालका प्रमुख डा वशन्तराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “तेस्रो लहरको पूर्वतयारीस्वरुप बैंक स्थापनाले महामारी फैलिए पनि उपचारमा सहज हुनेछ ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्